मंगलबार , अषोज २७, २०८३

त्यसाे त नेपाली पात्राे अनुसार २०७९ सालकाे हाेली अर्थात फागुपूर्णीमा फागुन २२ गते पहाडमा र २३ गते तराईमा तदनुसार मार्च 6 र 7 तारिखमा मनाउने भनी लेखिएकाे छ। तर विदेशकाे हकमा भने फागुकाे नजिक नजिक पारेर जुन दिन छुट्टीकाे दिन पर्छ र सबै प्रवाशी नेपालीहरुकाे धेरै भन्दा धेरै सहभागी हाेस भन्ने हेतुले मनाईने गरिन्छ। यसपालिको फागु ( हाेली ) पनि अष्ट्रेलियाकाे डार्बिनमा फागुण २० गते अर्थात मार्च 4 तारिखका दिन NANT काे आयाेजना NRNA- NT काे सहयाेग र नर्दर टेराेटरीकाे आर्थिक सहयाेगमा भब्य र सभ्य तरिकाले सम्पन् भएकाे छ। डार्बिनकाे वाटरफ्रन्टकाे नजिक फाेर्टहिल पार्कलैण्डमा समुन्द्रकाे तटमा कतै स्टेजमा DJ द्वारा Dancing गीत घन्किएकाे छ त स्टेज आगाडी सयाैं सहभागी एक आपसमा रङ्ग दल्दै अबिर उडाउँदै मच्ची मच्ची नाचेका थिए भने कतै बियर बारमा बियरकाे चुस्की लिदै रमाईरहेका थिए। उक्त रङ्गीन पर्वकाे अवसर पारेर विदेशीहरु पनि एक आपसमा रङ्ग छ्याप्दै रमाइरहेका थिए। त्यति मात्रै न भई नेपाली खाना मम, सेलरोटी, अचार, छाेयला सुकुटी चिउरा आदि काे स्वाद लिदै नेपालकाे झल्काे मेटिएकाे आभास गर्दै थिए।

साङ्गीतिक प्रस्तुतिले धेरैको मन छाेएकाे थियाे भने नर्दर टेराेटेरीका कल्चरल मिनिस्टरकाे उपस्थिति र नेपालीहरु संगकाे हाेली शुभकामना आदानप्रदानले कार्यक्रमलाई झन उत्साह थपेकाे थियाे।

माैसमले पनि साथ दिएकाे, सयाैं संख्याकाे उपस्थितिले, आयाेजक NANT का अध्यक्ष आशिष् कट्टेलले भब्य रुपमा सम्पन्न गर्न सफल भएकाेमा कार्यसमिति सदस्य सबैलाई धन्यवाद दिदै यसपालि अलि फरक ढंगले हाेली मनाउने जुन साेच थियाे त्याे पूरा भएकाे र यसमा सबैकाे उतिकै सहयाेग रहेकाे बताउनु भयाे।

यसै क्रममा कार्यक्रम कस्ताे भयाे भनी NANT का सचिव आकाश शर्मा संग जिज्ञासा राख्दा हामीले साेचे भन्दा राम्रो र भब्यताका साथ सम्पन्न भएकाे र सबैले मिनि नेपाल फेस्टिबल नै भयाे भन्दा हामी सबै टिमनै मख्ख परेका छाै।उत्साहित भएका छाै भन्नू भयाे। कार्यक्रमकाे सहजिकरण वा स्टेजकाे अभिभारा उपाध्यक्ष प्रतिभा देवकाेटाले गर्नु भएकाे थियाे।

हाेली विशेष कार्यक्रम गरेर रमाईलाे र भब्यताका साथ सम्पन्न गर्नु भएकाेमा पूरा खबरकाे तर्फबाट सबैलाई धन्यवाद।

उक्त कार्यक्रम को तस्विर को लागी यो लिन्क म क्लिक गर्नु होला l Source: Click a World

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP