सोमबार , भाद्र १५, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ रुपमा राजनीतिक कोर्स अगाडि बढ्न खोजेको आफूहरुको जानकारीमा रहेको बताएका छन् ।

शुक्रबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएका छन् । नयाँ राजनीतिक कोर्समा आफूहरु पर्ख र हेरको अवस्थामा रहेको सभापति लामिछानेको भनाइ छ ।

राष्ट्रपति र उपराष्ट्रपतिबारे शुक्रबारसम्म आफ्नो पार्टीले निर्णय नलिनुको कारण ठूला दलहरुले राष्ट्रपतिमा कुनै एक व्यक्तिका नाममा सहमति गर्छन कि भन्ने रहेको पनि उनले सुनाए । उनी अझै आशावादी छन्, ‘८ दलको संयन्त्र बन्यो र कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भन्ने आएको छ । न भोलि (शनिबारबार)सम्म एउटा उम्मेदवार (कांग्रेसकै उम्मेदवार)को पक्षमा सबै ठूला दलहरु एक हुन्छन् कि ।’ आफ्नो पार्टी शनिबारसम्म राष्ट्रपतिका सन्दर्भमा एउटा ठोस निर्णयमा पुग्न प्रयास गर्ने सभापति लामिछानेले बताएका छन् ।

शनिबारको ८ दलको बैठकमा आफूहरुलाई नबोलाइएको उल्लेख गर्दै उनले नयाँ परिस्थितिमा छलफल गर्न बोलाउँदा जाने बताए । तर, सहकार्यको सन्दर्भमा फेरि समीकरण भत्किने/नभत्किने सुनिश्चितता खोजिने उनको जवाफ छ ।

‘अबको सहकार्यका सन्दर्भमा फेरि समीकरण भत्किएला वा नभत्किएला भन्ने हेरेर मात्रै निर्णय लिन्छौं’, रास्वपा सभापति लामिछानेले अनलाइनखबरसित भने ।

मुलुकमा राजनीतिक स्थिरता प्रदान गर्न र सुशासनमा काम गर्न विगतमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भएको तर, ठूला दलहरुबीचको किचलोका कारण आफूहरु सरकारबाट बाहिरिनु परेको उनको भनाइ छ । ‘जनमत प्रतिपक्षमै बस्ने थियो । तर, भ्रष्टाचारको फाइल खोल्नेदेखि सेवा प्रवाहलाई चुस्त बनाउने सन्दर्भमा स्पिरिट मिल्ने भयो । त्यस अनुसारको मन्त्रालय माग्दा पनि पायौं र गएका हौं’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP