मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन् । नेपाल जेसिसको कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै नेता सिंहले नेपाली कांग्रेसको उम्मेदवार राष्ट्रपति हुने दाबी गरेका हुन् ।

‘राजनीतिक शक्ति सन्तुलनका लागि राष्ट्रिय सहमतिका साथ राष्ट्रपति बनाउन प्रयास गर्छाैं र कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्नुहुन्छ,’ सिंहले भने । उनले नेपाली कांग्रेसबाट को राष्ट्रपति उम्मेदवार बन्ने भन्नेबारे केही बताएनन् ।

सत्ता गठबन्धनको एक प्रमुख घटक नेकपा एमालेले राष्ट्रपतिमा दाबी गरिरहेको छ भने नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने अडान लिएको छ । यही विवादका बीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने रणनीतिमा छ । कांग्रेस नेता सिंहले राजनीतिमा सरकार परिवर्तनको खेल स्वाभाविक हुने समेत बताए ।

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP