मंगलबार , अषोज २७, २०८३

नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते शनिबार हुने १७औ श्रृंखलाको सफल पोखरा अन्तराष्ट्रीय म्याराथोन प्रतियोगिताको तयारी पूरा भएको मञ्चले बिहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरि जनाएको हो ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार विभिन्न विद्यामा हालसम्म झण्डै ८००० जनाले नाम दर्ता गराएका छन जस अन्तर्गत यस वर्षको खुल्ला फुल म्याराथनमा १५० जना धावकहरु सहभागि हुने भएका छन् भने महिलातर्फको हाफ म्याराथनमा ३५ जना धावहरुले नाम दर्ता गराएको छ। यस्तै १० किलोमिटर दुरीमा पुरुषतर्फ १५०० जना र महिलातर्फ ६०० जनाले नाम दर्ता गराएका छन् । ५ किलोमिटर दौडमा ७० वटा विद्यालयका छात्र र छात्रतर्फ क्रमश १६०० र ६०० जनाले नाम दर्ता गराएका छन् । ह्विलचेयरतर्फ ४७ जना , दृष्टिविहिन दौडतर्फ ९० जना र ‘रन फर फन’तर्फ सबैभन्दा धेरै ५००० भन्दा बढीले जनाले नाम दर्ता गराएका छन् ।
प्रतियोगितामा बिभिन्न १६ देशका धावक सहित नेपालका सात वटै प्रदेशबाट ३७ जिल्लाका धावकहरुले सहभागिता जनाउदैछन् ।

यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था Association of International Marathons and Distance Races (एम्स) को समेत मान्यता प्राप्त गरेको छ।

पत्रकार सम्मेलनकै बीचमा पोखरा म्याराथनका लागि विभिन्न देशका नेपाली संघ–संस्थाहरुले संस्थागत तथा व्यक्तिगत रुपम ल्याएका सहयोग रकम समेत हस्तान्तरण गरियो। सहयोग गर्नेहरुमा पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूकेले ४ लाख, न्यू ह्याम्पशायर वोष्टन अमेरीका निवासी नेपाली समाजले १ लाख १० हजार, गैह्र आवसीय नेपाली संघ अस्ट्रेलियाले ५२ हजार, मञ्चका अस्ट्रेलियास्थित डर्विन संयोजक तथा TEAM NEPAL Darwin का संयोजक चन्द्र प्रकाश गुरुङलगायत सहकर्मीहरुले एक मुष्ट ५१ हजार, समाजसेवी भोज बहादुर गुरुङले २५ हजार, पोखरा समाज अस्ट्रेलियाबाट बाट २५ हजार छन् ।

प्रतियोगिता सम्पन्न गर्न ९३ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।प्रतियोगितामा सहभगि मध्ये बिभिन्न विद्याका बिजेताहरुलाई नदक पुरुस्कार पनि प्रदान गरिनेछ। जसअनुसार ४२.१९५ किलोमिटर दौड (म्याराथन)का विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख र चौथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।महिलातर्फको हाफ म्याराथनमा पहिलो हुनेलाई एक लाख ५० हजार, दोश्रो हुनेलाई एक लाख, तेस्रो हुनेलाई ७५ हजार र सान्तवना पुरस्कार स्वरुप १५ हजार राखिएको छ ।१० किलोमिटर महिला तथा पुरुष दौडका विजेतालाई प्रथम, द्वितिय र तृतिय पुरस्कार स्वरुप क्रमश ३० हजार, २० हजार र १५ हजार, ५ किलोमिटर छात्र छात्रा दौडतर्फ १५ हजार १० हजार र ७ हजार रुपैयाँ क्रमश प्रथम, द्वितिय, तृतिय हुनेले प्राप्त गर्ने छन् ।
यसैगरि मञ्चले ह्विलचेयर र दृष्टिविहिन महिला/पुरुष दौडतर्फ प्रथम, द्वितिय र तृतिय हुनेले १० हजार ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

मञ्चले गण्डकी प्रदेशका धावकहरुका लागिमात्रै फुल म्याराथन तर्फ छुट्टै पुरस्कारको व्यवस्था गरेको छ । जसमा गण्डकी प्रदेशबाट सहभागि धावकहरु मध्येमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश ५० हजार, ३० हजार, २० हजार रुपैयाँ पुरस्कार दिईनेछ ।

पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिदै पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङ, ओलम्पियन नारायण गुरुङ, फेदी खोला समाज यूकेका अध्यक्ष हरि गुरुङ, मञ्चका अस्ट्रेलिया संयोजक चन्द्र प्रकाश गुरुङलगायतले आफ्ना भनाई राख्दै पोखरा म्याराथनले विश्वमा छरिएर रहेका नेपालीहरुलाई एक ठाउँमा ल्याउन सहयोग गरेको बताए ।

पुराखबर अनलाईनको तर्फबाट “१७औ सफल पोखरा अन्तराष्ट्रीय म्याराथन” लाई सफलताको शुभकामना ।

Photo Credit Shreekanta Adhikari Fewa TV
and Sashi Paudel Everest FM 93MHZ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP