शनिबार , भाद्र १३, २०८३

ब्रिजबेन । अष्ट्रेलियाको क्यानबेरामा पहिलो पटक आयोजना गरिएको नेपाल फेस्टिभल क्यानबेरा–२०२३ भब्य बनेको छ । नेपाली कता संस्कृति, खानपान, भेषभुषा र मौलिकताको प्रबद्र्धन गर्ने उद्धेश्य राखेर पहिलोपटक क्यानबेरामा आयोजना गरिएको फेस्टिभलले सिंगो नेपालको झल्को दिएको छ ।

कोमनवेल्थ पार्कमा आयोजना भएको फेस्टिभल अन्तर्गत बिहान साढे १० बजेबाट परेड सुरु भएको थियो । परेडमा अष्ट्रेलियामा रहेका विभिन्न नेपाली सघंसंस्थाहरुको सहभागितासँगै अष्ट्रेलियनहरुको समेत बाक्लो सहभागिता रह्यो । फेस्टिभलमा १५ बढी देशका राजदुत, क्यानबेरा राज्यका मन्त्री, सांसदहरुको उपस्थिति भएको छ ।

स्थानीय कलाकारका साथै भ्वाईस अफ नेपालको समुहले बेजोड सांगीतिक प्रस्तुतीले फेस्टिभललाई संगितमय बनाएको थियो । फेस्टिभलमा १५ हजार बढीको सहभागिता भएको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् क्यानबेरा राज्य सयोंजक अशोक बस्नेतले जानकारि दिनुभएको छ ।

फेस्टिभलमा विभिन्न प्रतिभाहरुको सांस्कृतिक कार्यक्रमसँगै नेपालको कला तथा संस्कृति झल्काउने डिस्प्ले, नेपाली परिकारको फुडस्टल, बालबालिकाहरुले रमाईलो खेलको मज्जा लिएका छन् । नेपाली पहिचानलाई विश्वमाझ पुर्याउने अभियानका रुपमा नेपाल फेस्टिभललाई भब्य बनाउन साथ दिने सबैप्रति क्यनवेरा राज्य संयोजक बस्नेतले धन्यवाद दिनुभएको छ ।

Source: NepalTube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP