सोमबार , भाद्र १५, २०८३

सरकारमा रहने वा छाड्ने विषयमा निर्णय लिन बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आइतबार पुन: बस्ने गरी सकिएको छ ।

शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले भोलि फेरि बस्ने गरी बैठक सकिएको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको बैठकले पार्टीको मागबारे निर्णय गर्न प्रधानमन्त्रीलाई दुई दिनको समय दिएको थियो । शनिबार उक्त समय सकिएपछि रास्वपाले सरकारमा रहने वा छाड्ने निर्णय गर्ने अपेक्षा गरिएको थियो ।

प्रमुख सचेतक परियारका अनुसार आकस्मिक रुपमा बोलाएको बैठकमा कतिपय नेता सहभागी नभएको र भएकाहरुको पनि बोल्ने क्रम नसकिएकाले आइतबार साढे ११ बजे बस्ने गरी शनिबारको बैठक सकिएको हो ।

‘आजको बैठकमा उपनिर्वाचन (चितवन २ को) चाँडै हुनुपर्‍यो र हामी कसरी जाने भन्ने विषयमा छलफल भयो, राष्ट्रपति चुनावको विषयमा पनि छलफल भयो, भोलि फेरि साढे ११ बजे बैठक बस्नेछ’ उनले भने ।

आइतबार प्रतिनिधिसभाको बैठक पनि बोलाइएको छ । रास्वपा सांसदहरुले पार्टीको बैठक सकेर संसद बैठकमा सहभागी हुने बताएका छन् ।

रास्वपाले सरकार निर्माणका क्रममा भएको सहमति अनुसार गृह मन्त्रालय आफूलाई दिन माग गरिरहेको छ । तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय दिन अस्वीकार गरेका छन् । रास्वपाले गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो ।

पछिल्लो पटक प्रधानमन्त्रीले गृह छाडेर भौतिक पूर्वाधार मन्त्रालय लिन रास्वपालाई प्रस्ताव पठाएका रास्वपाका एक नेताले पुष्टि गरेका छन् । तर शनिबारको बैठकले यसबारे निर्णय लिन सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP