शनिबार , बैसाख १३, २०८२

सरकारमा रहने वा छाड्ने विषयमा निर्णय लिन बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आइतबार पुन: बस्ने गरी सकिएको छ ।

शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले भोलि फेरि बस्ने गरी बैठक सकिएको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको बैठकले पार्टीको मागबारे निर्णय गर्न प्रधानमन्त्रीलाई दुई दिनको समय दिएको थियो । शनिबार उक्त समय सकिएपछि रास्वपाले सरकारमा रहने वा छाड्ने निर्णय गर्ने अपेक्षा गरिएको थियो ।

प्रमुख सचेतक परियारका अनुसार आकस्मिक रुपमा बोलाएको बैठकमा कतिपय नेता सहभागी नभएको र भएकाहरुको पनि बोल्ने क्रम नसकिएकाले आइतबार साढे ११ बजे बस्ने गरी शनिबारको बैठक सकिएको हो ।

‘आजको बैठकमा उपनिर्वाचन (चितवन २ को) चाँडै हुनुपर्‍यो र हामी कसरी जाने भन्ने विषयमा छलफल भयो, राष्ट्रपति चुनावको विषयमा पनि छलफल भयो, भोलि फेरि साढे ११ बजे बैठक बस्नेछ’ उनले भने ।

आइतबार प्रतिनिधिसभाको बैठक पनि बोलाइएको छ । रास्वपा सांसदहरुले पार्टीको बैठक सकेर संसद बैठकमा सहभागी हुने बताएका छन् ।

रास्वपाले सरकार निर्माणका क्रममा भएको सहमति अनुसार गृह मन्त्रालय आफूलाई दिन माग गरिरहेको छ । तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय दिन अस्वीकार गरेका छन् । रास्वपाले गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो ।

पछिल्लो पटक प्रधानमन्त्रीले गृह छाडेर भौतिक पूर्वाधार मन्त्रालय लिन रास्वपालाई प्रस्ताव पठाएका रास्वपाका एक नेताले पुष्टि गरेका छन् । तर शनिबारको बैठकले यसबारे निर्णय लिन सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP