मंगलबार , अषोज २७, २०८३

अस्ट्रेलियामा कार्यरत नेपाली नर्स अस्मिता पाण्डेले प्रहरीले प=क्राउ नगरेको भन्दै आफूमाथि सहपाठीहरूले नै षड्यन्त्र गरेको बताएकी छन् । एक नर्सिङ होममा कार्यरत उनी बिरामीलाई थप्पड हानेको आरोपमा पक्राउ परेको भनेर त्यहाँको सञ्चारमाध्यम नाइन एन न्यूजले जनाएको थियो ।

पाण्डेले एक भिडिओमार्फत सोमबार अदालतमा सुनुवाइको क्रममा आफूमाथिको मुख्य आरोप फिर्ता लिइसकेको बताएकी छन् ।

‘केही समयअघि सँगै काम गर्ने तीनजना अन्य देशका स्टाफले नियोजित रूपमा षड्यन्त्र गरेर आ-रोप लगाएका हुन् । हिजो ३० जनवरीमा अदालतमा सुनुवाइको क्रममा आफूलाई लगाएको मुख्य आ-रोप प्रहरीले फिर्ता लिइसकेको छ । अन्य आरोपको सुनुवाइ २ महिनापछि हुँदैछ ‘, अस्मिताले नेपाल प्रेसलाई पठाएको भिडिओमा भनेकी छन् ।

उनले आफू पक्राउ नपरेको भन्दै वकिलसहित अदालत गएको बताएकी छन् ।

‘हिजो कोर्ट घरैबाट गएको हो । र कोर्टको हियरिङ सकिएपछि सीधै घर फर्किएकी हुँ । नाइन न्यूज सिड्नीको एकपक्षीय समाचारमा आधारित भएर गलत समाचार सम्प्रेषण नगरिदिन हुन सम्पूर्ण नेपाली मिडियाहरूलाई अनुरोध गर्न चाहन्छु ‘, उनले आग्रह गरेकी छन् ।

@Nepalpress

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP