मंगलबार , अषोज २७, २०८३

सबिन बराल / अस्ट्रेलिया
डार्विन स्थित नेपाली भलिबल खेलाडिहरुको समुह “TEAM NEPAL” का केहि खेलाडिहरु र प्रशिक्षक चन्द्र प्रकाश गुरुङ्गका दाम्पत्ती मिलेर “सफल पोखरा अन्तराष्ट्रीय म्याराथोन” मा सहभागि दृष्टि बिहिन दौडका बिजयीहरुलाई प्रदान गरिने नगद पुरुस्कार प्रायोजना गर्ने भएको छ। महिला पुरुष दुवै तर्फका बिजयी दृष्टिबिहिन धावकहरुलाई दिईने जम्मा नगद पुरस्कार ने रु ५१००० /- हो। पुरुस्कार रकम जम्मा गर्न सहयोग गर्ने खेलाडिहरुमा आशिका उप्रेती, सुजन आले,सुजन अधिकारी, युवाराज पन्त, संजीव गोर्खाली, रमेश आले, गीता खड्का, जंग गुरुगं, योगेन नाल्बो र समीता महर्जन रहेका छन् भने पुराखबर अनलाइनले पनि केहि रकम सहयोग गरेको छ । उक्त म्याराथोनमा सहभागि हुन अष्ट्रेलिया संयोजक समेत रहेका गुरुङ्ग र श्रीमती दशमी गुरुङ्ग नेपाल जॉदैछन।

गुरुङ्ग दाम्पत्ती अष्ट्रेलियामा नियमित पार्करनमा भाग लिन्छन। हाल सम्म उनीहरुले अष्ट्र्लियाको बिभिन्न स्थानमा रहेको ७ वटा भिन्नाभिन्नै पार्करनमा सहभागिता जनाई सकेकाछन। दर्जनौ हाफ म्याराथोन दौडिसकेका यी दाम्पत्तीले लामो समय सम्म डार्विनको NTCITY2SURF मा पनि भागलिदै आएकाछन्। आफुहरु प्रतिस्पर्धाको लागि नभै युवाहरुलाई प्रेरणा र स्वास्थ्य जागरणको लागि सहभागि हुन लागेको उनीहरुको भनाई छ।

चन्द्रप्रकाश गुरुङ्ग फुल ४२.१९५किमि मा र दशमी गुरुगं सम्भवत हाफ २१ किमि मा सहभागि हुनेछन। गृहनगरी पोखरामा यसप्रकारको अन्तराष्ट्रीय स्तरको प्रतियोगिता हुनु गौरवको बिषय रहेको र सबैको सहयोग र सहभागिताबाट नै सफलता मिल्ने हुदॉ जीवनमा पहिलो पटक फुल म्याराथोनमा दौडने ऑट गरेको जानकारी गुरुङ्गले पुराखबरलाई बताए। यसैगरि गैह्र आवशीय संघ अष्ट्रेलियाको तर्फबाट पनि “१७औं सफल पोखरा अन्तराष्ट्रीय म्याराथोन “ लाई ने रु ५००००/- सहयोग दिने कुरा अध्यक्ष नन्दु गुरुङ्गले पुराखबर लाई जानकारी दिएका छन्। अध्यक्ष गुरुङ्ग पनि कार्यक्रममा सहभागी हुन सिड्नीबाट केहिदिन पछि नेपाल जाने योजना रहेको वहाले जानकारी दिनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP