मंगलबार , अषोज २७, २०८३

अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च(ओएनएफ) नर्दन टेरोटेरीको अगुवा भेलाले राज्य समितिको पुनर्गठन गर्दै रबिन भुषाललाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । ओएनएफ अष्ट्रेलियाका सदस्य तथा नर्दन टेरोटेरीका ईन्चार्ज भवानी पौडेलका अनुसार उपाध्यक्षमा अभिषेक भट्टराई तथा सदस्यहरुमा राम चन्द्र(निशान) जोशी, बिशाल शर्मा, बिषेश अर्याल, नम्रता शर्मा, हेमु पौडेल, मुकुन्द खरेल, प्रकाश सापकोटा, शिशिर पराजुली, सन्तोष खाती रहेका छन् ।

पौडेलले आगामी बैठकबाट विधान बमोजिम सचिव र उप सचिवको समेत चयन हुने बताए । यसै गरि निवर्तमान अध्यक्ष संदिप पोखरेलाई प्रमुख सल्लाहकारमा चयन गरिएको छ । भेलाले निवर्तमान अध्यक्ष संदिप पोखरेलको पिताको असामयिक निधन भएकोमा शोक प्रस्ताव समेत पारित गरेको थियो ।

आइवार डार्विनमा प्रवासी नेपाली मञ्च(ओएनएफ) नर्दन टेरोटेरी र प्रवासी नेपाली युवा मञ्च नर्दन टेरोटेरीको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान तथा भेला सम्पन्न भएको थियो । भेला अगाडि आयोजित शुभकामना आदान प्रदान कार्यक्रम इन्चार्ज पौडेलको प्रमुख आतिथ्य र प्रवासी युवा मञ्च नर्दन टेरोटेरी अध्यक्ष राम चन्द्र(निशान) जोशी अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा डार्बिनका सामाजिक अगुवा तथा व्यवसायी शम्भु कडेल, ओएनएफका नेता रविन भुषाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

@source: Dainiki

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP