मंगलबार , अषोज २७, २०८३

सबिन बराल /अष्ट्रेलिया/डार्बिन

डार्विनमा बसाेबास गर्ने नेपालीहरुको संगठन NANT र NRNA-NT को सयुक्त आयोजनामा नयाँ वर्ष 2023 र नेपाली ढाकाटाेपी दिवसको सन्दर्भ पारेर आज एक समारोह बीच शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

फिलिपिनो कम्युनिटि हलमा बिहान साढे दस बजेवाट सुरु भएकाे उक्त कार्यक्रमका प्रमुख अतिथि Luke Gosling MP from Solomon ले नयाँ वर्षले सबै नेपालीहरुमा सुखशान्ति छाओस भन्दै नेपाली ढाका टाेपी दिवसको हार्दिक शुभकामना व्यक्त गर्नु भएकाे थियो भने अर्का अतिथि Mark Monaghan MLA member for Fong Lim ले समेत नयाँ वर्षको शुभकामना मन्त्ब्य व्यक्त गर्दै आफुलाइ यस्तो महत्त्वपूर्ण कार्यक्रममा आमन्त्रण गर्नु भएकोमा धन्यवाद दिदै टोपी दिवसको शुभकामना समेत ब्यक्त गर्नु भएको थियो । वहाहरु दुबैजनालाई NANT र NRNA- NT का अध्यक्ष द्वय आशिष कट्टेल र बिष्णु चापागाईंले नेपाली ढाकाटाेपी लगाई दिएर स्वागत तथा सम्मान गरिएकाे थियाे।

कार्यक्रममा अभिभावकहरुकाे उल्लेखनीय उपस्थिति थियाे भने सम्पूर्ण अभिभावककाे तर्फबाट चिरन बरालले शुभकामना ब्यक्त गर्दै टाेपीकाे महत्त्व वारे प्रकाश पार्नु भएको थियोे ।


सभ्य र सौहाद्रपुर्ण वातावरणमा छोटाे समयमा सकिएकाे उक्त कार्यक्रममा NRNA- NT का अध्यक्ष बिष्णु चापागाईंले बिगत 2022 मा NRNA ले गर्नुपर्ने कार्यहरु सबैको सहयोगले राम्रै संग सम्पन्न गर्न सफल भयाै, भने 2023 पनि याहाहरुको साथ र सहयोगले हामी सफल हुनेछौं भन्दै सबैलाई नयाँ वर्षको शुभकामना दिदै नेपालीको गौरव हाम्रो शिरको टोपीलाई कहिल्यै झुक्न दिने छैनौं र झुकाउने छैनौं भन्दै ढाकाटाेपी दिवसको समेत शुभकामना दिदै आफ्ना भनाइहरु राख्नु भएकाे थियाे भने कार्यक्रमकाे सहजिकरण तथा सन्चालन NANT का अध्यक्ष आशिष कट्टेलले गर्नु भएको थियाे।

उपस्थित सम्पूर्ण महानुभावहरुकाे साथमा बिहानी नास्ता चियापान सहित कार्यक्रम सम्पन्न भएको थियाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP