
गुरुङ्ग जातिको महान पर्व ल्होछार अब केहि दिन मात्र बॉकि छ।नयॉ बर्ग फेरिने शुभअबसरमा पौष १५ का दिन मनाईने यस पर्वलाई नेपालमा मात्र नभई संसार भरि जहॉजसरी रहेपनि
गुरुगंहरुले मिले सम्म पौष पन्ध्रकै दिन नभए अनुकुलता हेरि बिभिन्न कार्यक्रम सहित ल्होछारलाई धुमधाम संग मनाउने गर्दछन। यसबर्षको पौष पन्ध्र पछि बाघ बर्ग अर्थात “तल्हो” समाप्त भै बिरालो बर्ग अर्थात् “ह्यी ल्हो “को आगमन हुनेछ।
अष्ट्रेलिया स्थित बिभिन्न गुरुगं (तमु ) संघसंस्थाहरु मध्ये ल्होछार पर्वलाई अति महत्वको साथ हरेक बर्ष धुमधामका साथ मनाउदै आएको संस्था हो TAMUDHEE SOUTH AUSTRALIA ( तमु धिं एस ए)। सन २०१९ बाट COVID-19 ले गर्दा बिगत केही बर्षहरुमा ल्होछार कार्यक्रम हुन सकेन र कोभिड पछि यसपटको ल्होछार पहिलो ल्होछार हुनेछ।
तमुधिं एस ए ले आयोजना गर्ने ल्होछार कार्यक्रममा गुरुगं संस्कृतिमा आधारित गीत सॉगीत र नृत्यहरु समावेश भएको संस्कृतिक कार्यक्रमका साथै अन्य थुप्रै आकर्षक प्रस्तुति हरु रहने गर्दछ। छेलो, डण्डिबियो, रस्सी तान्ने( TUG OF WAR), दौड, तातो आलु , कुर्सी घुमाई र बालबालिकाको लागि आकर्षक अन्य खेलहरु हरेक ल्होछार कार्यक्रममा समाबेश हुन्छन। यी बाहेक गुरुगं परम्परागत बस्तुहरुको प्रदर्शनी र भेषभुषामा सज्जीएर गरिने परेड अर्को आकर्षणको पक्ष हो।
नेपाल सरकारले सन २०१७ मा भलिबल लाई राष्ट्रीय खेल घोषीत गरेपछि तमु धिं एस ए ले पनि ल्होछार कार्यक्रममा डण्डीबियो को साथसाथै भलिबल खेललाई पनि संचालन गर्दै आएको छ। बिगतमा महिला भलिबल प्रतियोगिता मात्र गर्दै आएकोमा यसपटक बाट पुरुष भलिबललाई पनि समाबेश गरिने कुरा खेल संयोजक थीर तमुले बताए।
TAMU DHEE SA को आयोजना मा मनाईने तमु ल्होछार सम्मभवत एक मात्र यस्तो कार्यक्रम हो जहॉ जो कोही निःशुल्क सहभागि हुन पाउछन र सम्पुर्ण सहभागिहरुलाई खाज र खानाको समेत ब्यबस्था गरिएको हुन्छ। यसरी कार्यक्रम आयोजना गर्दा अवश्यपनि ठुलो आर्थिक भार पर्दछ तर तमुधिं एस ए को ल्होछार पर्वलाई सहयोग गर्ने हरुको भने कहिल्यै कमी देखिदैन ।
आगमी ३० डिसेम्बर सुक्रबार हुने भनिएको ह्यी ल्होछार को मुख्य प्रायोजक (Title Sponsor ) BOOERANG INTERNATIONAL EDUCATION SERVICES रहेको छ भने Gold Sponsor मा AUSIE FINANCE HOME LOANE ADELAIDE र Silver Sponsor मा MARION AIR CONDITIONING रहेको छ। हाल सम्म प्राप्त सहयोगी प्रायोजकहरुको बिवरण तल उल्लेख गरिए बमोजिम छ भने अझै पनि थप सहयोगहरु आउने क्रम जारीनै रहेको जानकारी सचीव अनिता तमुले पुराखबर लाई दिएकिछिन।
संस्थाका अध्यक्ष सीमा तमु भने यसपटक ल्होछार नहुने र सपरिवार सहित नेपाल गईसकेकि छिन। आफु जानु भन्दा अगाडी उपाध्यक्ष कुमार तमुलाई कार्याबाहक अध्यक्ष दायित्व सुम्पीसकेको र आवश्यक निर्देशन दिईसकेको हुदॉ कार्यक्रममा आफ्नो उपस्थित नरहेपनि कुनै कुराको कमी नरहने अध्यक्ष सीमा तमुले बताईन।
पुराखबर टिमबाट तमुधिं एस ए लाई ह्यी ल्होछार को शुभकामना सहित कार्यक्रम भब्यताका साथ सफल होस भनि शुभकामना ब्यक्त गर्दछ।