शुक्रबार , भाद्र १२, २०८३

बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर शिलान्यासका लागि गएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहभागी कार्यक्रम स्थानीयवासीले बिथोलेका छन् । अर्थमन्त्री पौडेलले मञ्चमा उभिएर बोल्दै गर्दा स्थानीयवासीले तोडफोड गरेपछि कार्यक्रम बिथोलिएको हो । यसअघि पनि स्थानीयवासीले विरोध जनाएपछि शिलान्यास कार्यक्रम आजका लागि सारिएको थियो ।

स्थानीयवासीको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले हिजोदेखि नै विरोध प्रदर्शन गर्दै आएका थिए। बलियो सुरक्षा घेरामा आज (शुक्रबार) शिलान्यास कार्यक्रम सुरु गरिएको थियो । सो क्रममा अर्थमन्त्री पौडेलले मन्तव्य दिँदै गर्दा स्थानीयले मञ्चमै तोडफोड गरेका हुन् ।

स्थानीयवासीले मञ्चमै आएर तोडफोड गरेपछि मन्त्री बोल्दाबोल्दै बीचैमा छाडेर हिँडेका थिए । स्थानीयवासीले मञ्चतर्फ ढुंगा हान्न थालेपछि मञ्च तर्फबाट पनि पनि प्रतिकार भएको र त्यसपछि वातावरण झन् बिथोलिएको थियो । मन्तव्य दिन सुरु मात्र गरेका अर्थमन्त्री पौडेल तोडफोड हुन थालेपछि मञ्च छाडेर हिँडेको प्रहरीले जानकारी दिएको छ ।

शिलान्यासका लागि तयार गरिएको मञ्च हिजो स्थानीयवासीले भत्काइदिएका थिए । आज फेरि प्रहरीको कडा सुरक्षा घेरामा मञ्च तयार गरिएको थियो। सरकारले रूपन्देहीमा १ हजार बिघाको करिडोर निर्माण अभियान थालेको छ । करिडोर निर्माण गर्दा ४ सय घरपरिवार विस्थापित हुने भएपछि स्थानीयवासी विरोधमा उत्रिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP