अष्ट्रेलियाको Darwin मा स्थित नेपालीहरुको संगठन NANT तथा नेपाली भलिबल क्लबको आयोजनामा कृष्चियन धर्मावलम्बीहरुको मह्त्वपुर्ण दिन (चाडपर्व)कृष्मसको उपलक्ष्यमा र केही दिन मै आउदै गरेको अङ्ग्रेजी नया वर्षको समेत शुभकामना आदानप्रदान गर्ने उदेश्यका साथ आज एक भब्य कार्यक्रम सहित सप्पन्न भएको छ।
कार्यक्रममा नेपाली समुदायका स-साना नानिबाबुहरुलाइ सेन्टा द्वारा gifts प्रदान गरिएको थियो भने gift मा यहाँका नानिबाबुहरुका लागि यहीको नेपाली संघठनले प्रकाशन गरेको नेपाली वर्णमाला किताब पनि सबै बाबुनानीहरुलाई gift कै रूपमा बितरण गरिएको थियोे ।

उक्त कार्यक्रममा भर्खरै सम्पन्न भलिबल प्रतियोगितामा सहभागिता जनाउनु हुने र उपाधी हासिल गर्नु हुने विजेताहरुलाइ प्रमाणपत्र समेत प्रदान गरिएको थियोे । खेलाडी, अभिभावक, आयोजक कमिटी र पारिवारिक जमघटले भरिभराउ भएको उक्त रमाइलो कार्यक्रम फिलिपिनो कम्युनिटी हलमा गरिएको थियोे । उपस्थित सबैका लागि खानपिनको ब्यवस्था समेत थियोे भने कार्यक्रमको संचालन तथा सहजीकरण NANT का अध्यक्ष आशिष कट्टेलले गर्नु भएकाे थियो भने उपाध्यक्ष प्रतिभा तथा भलिबल प्रतियोगिताका समंयोजक भवानी पौडेलकाे समेत उपस्थिति रहेकाे थियाे।









