शनिबार , असार १३, २०८३

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको चुनाव आज (बुधबार) हुँदैछ । दलको नेता बन्नका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग ३२ बर्ष कान्छा महामन्त्री गगनकुमार थापा भिड्दै छन् । सहमहामन्त्री भिष्मराज आङदेम्बे नेतृत्वको निर्वाचन समितिले दलको नेता छान्न आज (बुधबार) बिहान ८ देखि १० बजेसम्म मतदान हुनेछ ।

कांग्रेसको निर्वाचन समितिले मंगलबार साँझ उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । दलको चुनावअघि देउवाको पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र विमलेन्द्र निधिले साथ दिने बताइसकेका छन्। पौडेल त देउवाको उम्मेदवारीमा प्रस्तावकमा बसेका छन् ।

यस्तै महामन्त्री थापाको पक्षमा नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र काठमाडौं–५ बाट विजयी प्रदीप पौडेलसहित उभिएका छन् ।

अहिलेसम्मको अवस्थामा देउवाको पक्षमा ५६ र थापाको पक्षमा ३३ जना सांसद उभिने देखिएको छ । तर, यो संख्यामा निर्वाचनको दिन तलमाथि हुनसक्छ । कांग्रेसका ८९ सांसदमध्ये मनाङबाट निर्वाचित टेकबहादुर गुरुङले भोट हाल्न पाउँदैनन् । अदालतमा मुद्दा विचाराधीन रहेकाले संस्थापन पक्षका उनी मतदानमा सहभागी हुने छैनन् ।

कांग्रेस दलको नेता चयनलगत्तै नयाँ सरकार गठन र शक्ति बाँडफाँडको राजनीतिक अध्याय पनि सुरु हुनेछ । अहिलेको राष्ट्रिय राजनीति र कांग्रेसको आन्तरिक जीवनमा समन्वयकारी भूमिका खेल्न सक्ने भएकाले दलको नेता देउवा बन्नुपर्ने संस्थापन पक्षको तर्क छ । कांग्रेसमा पुस्तान्तरण र रूपान्तरणको समय आएकाले थापा दलको नेता बन्नुपर्ने इतर समूहको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP