मंगलबार , बैसाख ९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीभित्र छलफल शुरु भएको बताएका छन् ।

आज (सोमबार) निर्वाचन आयोगले गरेको जलपान समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपतिले सरकार गठनको आह्वान गरेसँगै आफ्नो पार्टीभित्र पनि सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल शुरू भएको बताएका हुन् ।

उनले अहिलेसम्मको अभ्यास सरकारमा दल जाने कि नजाने रहेको बताउँदै आफ्नो पार्टीले भने एजेण्डालाई सरकारमा लाने कोशिस गरिरहेको बताएका छन् । पार्टीले उठाएको एजेण्डा अगामी सरकारको प्राथमिकतामा पर्‍यो र त्यस विषयमा सहमति भयो भने मात्रै सरकारमा सहभागी हुने उनले बताएका छन् ।

उनले जनतासँग गरेका प्रतिवद्धता र एजेण्डा पूरा गर्ने प्रतिवद्धता भयो भने परिवेश बेग्लै बन्न सक्छ, अन्यथा सरकारमा जानका लागि मात्रै जानुको कुनै औचित्य नभएको धारणा उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP