शनिबार , भाद्र १३, २०८३

काठमाडौँ । नेपाल र श्रीलङ्काबीच आपसी सहयोग र सद्भाव वृद्धि गरी द्विपक्षीय सम्बन्ध विस्तारमा ध्यान दिइनुपर्ने बताइएको छ । नेपाल र श्रीलङ्काबीच कूटनीतिक सम्बन्ध कायम भएको ६५औं वर्षको उपलक्ष्यमा नेपालस्थित श्रीलङ्काली दूतावास र नेपाल विश्व सम्बन्ध परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले पारस्परिक सहयोग र सहकार्यका आधारमा सम्बन्ध विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र असंलग्न आन्दोलनका संस्थापक राष्ट्र नेपाल र श्रीलङ्काबीच पर्यटन, कृषि, शिक्षा, स्वास्थ, व्यापार, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सहयोग र सहकार्यको सम्भावना रहेकाले त्यसतर्फ ध्यान दिन कूटनीतिज्ञहरूले सम्बद्ध पक्षको ध्यानाकर्षण गरे ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्काले धार्मिक तथा सांस्कृतिक दृष्टिले सुमधुर सम्बन्ध रहेको नेपाल र श्रीलङ्काबीचको सम्बन्धलाई आर्थिक तथा सामाजिक गतिविधिसँग जोड्दै जनताको जीवनस्तर सुधारमा ध्यान दिनुपर्ने समय आएको बताए । नेपालको शिक्षा, स्वास्थ्य, पुनर्निमाणलगायतका क्षेत्रमा श्रीलङ्ककाको महत्त्वपूर्ण सहयोग रहेको चर्चा गर्दै मन्त्री डा. खड्काले आउँदा दिनमा दुई देशबीचको सहयोग र सहकार्यलाई जोड दिई जनताको जीवनस्तर सुधारमा ध्यान दिनुपर्ने खाँचो औंल्याए ।

नेपालका लागि श्रीलङ्काली राजदूत हिमाली सुभाशिनी अरुणातिलकाले अधिकांश जनता बौद्ध धर्मावलम्बी रहेको श्रीलङ्काको बुद्धको जन्मस्थल नेपालप्रति अगाध आस्था र विश्वास रहेको चर्चा गर्दै कूटनीतिका साथ आर्थिक सम्बन्ध विस्तारमा जोड दिई दुई देशका जनता लाभान्वित हुनसक्नुपर्ने धारणा व्यक्त गरे ।

नेपाल विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलले नेपाल र श्रीलङ्काबीचको सम्बन्धलाई सरकारका साथ जनस्तरमा समेत पु¥याउनुपर्नेमा जोड दिए । पूर्व परराष्ट्र सचिव एवं श्रीलङ्काका लागि पूर्वनेपाली राजदूत डा. दुर्गाप्रसाद भट्टराईले सार्क मुलुकको सबैभन्दा सबल राष्ट्र श्रीलङ्कासँग व्यापार, जलविद्युत्, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा सहकार्य गर्नसकिने सम्भावना रहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP