मंगलबार , बैसाख २९, २०८३

रामेछाप । रामेछापको लिखु तामाकोशी–१ दुरागाउँका वडा सदस्य विमल सुनुवारको निधन भएको छ । शनिबार दिउँसो भुजीमा भएको बोलेरो दुर्घटनामा घाइते ३९ वर्षीय सुनुवारको वीरेन्द्र अस्पताल, छाउनीमा उपचारको क्रममा गए राति निधन भएको वडा अध्यक्ष प्रदीप तामाङले जानकारी दिए ।

सुनुवारको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुने वडाअध्यक्ष तामाङले बताए । सुनुवार एमालेबाट निर्वाचित वडा सदस्य हुन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उमाकुण्ड लिग फुटबल हेर्न दुरागाउँबाट भुजी जाँदै गरेका यात्रु सवार बा ११ च ७५९१ नम्बरको बोलेरो भुजीको एकतारे छाँगामा दुर्घटना हुँदा ९ जना घाइते भएका थिए ।

दुर्घटनामा परी लिखुतामाकोशी गाउँपालिका–१ कोटगाउँकी ३२ वर्षीया बिमला सुनुवार, २३ वर्षीया श्रृष्टी सुनुवार, ३४ वर्षीय राजकुमार थापा, ३० वर्षीया सीता कार्की, ३० वर्षीया मनिता खड्का, १६ वर्षीय नरेश खड्का, ४० वर्षीय दिपक सुनुवार र १९ वर्षीय सुजन भुजेलसमेत घाइते भएका हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका विमलसँगै बिमला, राजकुमारलाई पनि थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौंमा ल्याइएको थियो । उनीहरुको नेपाल–भारतमैत्री अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP