मंगलबार , बैसाख ९, २०८२

रामेछाप । रामेछापको लिखु तामाकोशी–१ दुरागाउँका वडा सदस्य विमल सुनुवारको निधन भएको छ । शनिबार दिउँसो भुजीमा भएको बोलेरो दुर्घटनामा घाइते ३९ वर्षीय सुनुवारको वीरेन्द्र अस्पताल, छाउनीमा उपचारको क्रममा गए राति निधन भएको वडा अध्यक्ष प्रदीप तामाङले जानकारी दिए ।

सुनुवारको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुने वडाअध्यक्ष तामाङले बताए । सुनुवार एमालेबाट निर्वाचित वडा सदस्य हुन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उमाकुण्ड लिग फुटबल हेर्न दुरागाउँबाट भुजी जाँदै गरेका यात्रु सवार बा ११ च ७५९१ नम्बरको बोलेरो भुजीको एकतारे छाँगामा दुर्घटना हुँदा ९ जना घाइते भएका थिए ।

दुर्घटनामा परी लिखुतामाकोशी गाउँपालिका–१ कोटगाउँकी ३२ वर्षीया बिमला सुनुवार, २३ वर्षीया श्रृष्टी सुनुवार, ३४ वर्षीय राजकुमार थापा, ३० वर्षीया सीता कार्की, ३० वर्षीया मनिता खड्का, १६ वर्षीय नरेश खड्का, ४० वर्षीय दिपक सुनुवार र १९ वर्षीय सुजन भुजेलसमेत घाइते भएका हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका विमलसँगै बिमला, राजकुमारलाई पनि थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौंमा ल्याइएको थियो । उनीहरुको नेपाल–भारतमैत्री अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP