मंगलबार , बैसाख २९, २०८३

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सरसफाइकर्मीका परिवारलाई सीपमूलक तालिममार्फत स्वरोजगार र उद्यममा जोड्ने बताउनुभएको छ ।

सरसफाईकर्मीसँगको नियमित छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले बुटवललाई सफा र सुन्दर राख्ने काम महत्वपूर्ण भएकाले दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो ।

उहाँले बुटवल नगरभित्र धेरै सडकहरु निर्माणको चरणमा रहेकाले सफा राख्नका लागि विशेष चासो दिन सरसफाईकर्मीलाई आग्रह गर्नुभयो ।
‘बुटवललाई हामीले देशकै सफा र सुन्दर शहर बनाउने गरी काम गर्नुपर्छ, त्यसको सुरुवात तपाइँहरुबाट हुन्छ, उहाँले भन्नुभयो–तपाइँहरुले मन मष्तिस्क लगाएर नगरलाई सफा राख्नुभयो भने मात्रै हामी उत्कृष्ट बन्न सक्छौं, त्यसमा तपाइँहरुलाई पनि गर्व हुनेछ ।’उहाँले मुख्य सडक, सार्वजनिक स्थलहरु र बसपार्क सरसफाईलाई विशेष प्राथमिकता दिन आग्रह गर्नुभयो ।

उहाँले अबदेखि सरसफाईकर्मीको मासिक स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराउने र शहरी स्वास्थ्य केन्द्रहरुमार्फत औषधि उपचारमा सहज बनाउने बताउनुभयो ।

छलफल कार्यक्रममा सरसफाईकर्मी चिते दमाई, दीपक दमाइलगायतले बोल्दै सरसफाइका क्रममा देखिने समस्याका बारेमा बोल्नुभएको थियो ।
कार्यक्रममा सरसफाईकर्मीहरुलाई बुट, मास्क, सेनेटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP