आइतबार , भाद्र १४, २०८३

सुनसरी । सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष अशोककुमार राई निर्वाचित भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई झिनो मतान्तरले हराएका हुन् ।

निर्वाचित राईले १७ हजार ५९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् । २०४८ र २०५१ मा खोटाङबाट निर्वाचन जितेका राईले त्यस पछाडिका सबै चुनाव हारेका थिए ।

२०५६ र २०६४ मा उदयपुर क्षेत्र नम्बर १ बाट चुनाव हारेका राई २०७४ मा सुनसरी क्षेत्र नम्बर १ बाट एमालेका जय राई सँग भारी मत अन्तरले पराजित भएका थिए । यस पटक एमालेसँगको तालमेलका कारण चुनाव जित्न सफल भएका हुन् ।

निर्वाचित भएपछि राइले समग्र सुनसरी – १ को विकासका निम्ति आफूले भूमिका निर्वाह गर्ने बताए । सुनसरी १ (ख) मा एमालेका विजय राई निर्वाचित भएका छन् । सुनसरी–१ ( क) मा एमालेकै रमेश बस्नेत निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP