मंगलबार , बैसाख २९, २०८३

हरिश ढकाल
बुटव । प्राबिधिक शिक्षा मार्फत दक्ष र सिपयुक्त जनशक्ति उत्पादन गरि आत्मनिर्भर बनाउने उद्देश्यसहित स्थापित अक्सबृज ईन्टरनेशनल एकेडमीमा नवआगन्तुक बिद्यार्थीहरुलाई स्वागत अभिमुखिकरण तथा अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ । एकेडेमीमा ल्याब, सिभिल र कृषि बिषयका नवआगन्तुक बिद्यार्थीहरुलाई स्वागत गर्दै संस्थाका उपाध्यक्ष एवं मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले सिपमुलक प्राबिधिक शिक्षा प्रदान गरि राष्ट्रलाई योगदान पुराउने मुल उद्देश्य रहेको बताए ।
सभापति खनालले शिक्षालाई उत्पादनसंग, उत्पादनलाई बजारसंग र बजारलाई समृद्धिसंग जोड्न सकेमा मात्र राष्ट्र आत्मनिर्भर बन्ने उल्लेख गर्दै आत्मनिर्भर राष्ट्रले राष्ट्रिय स्वाभिमान, स्वाधीनता र सार्वभौमिकताको सबल रुपमा संरक्षण गर्न सक्ने दावी गरेका छन् । सिटिईभिटी लुम्बिनी प्रदेश कार्यालयका प्रमुख गोपाल प्रसाद आचार्यले बर्तमान अवस्थामा प्राविधिक शिक्षा उद्यमशीलता, स्वरोजगार, उत्पादन, सृजनशिलता र आत्मनिर्भरतासंग प्रत्यक्ष जोडिएको बताए ।
सो अवसरमा संस्थाका निर्देशक डिपि खनाल, प्रमुख प्रशिक्षक केशव कहादुर महत, प्रशिक्षक सागर भुसाल, पत्रकार हरिश ढकाल, बिद्यार्थी सन्दिप धवल लगाएतले प्राबिधिक शिक्षा बैज्ञानिक, गुणस्तरीय, सर्वसुलभ र सबैको सरल पहुँचको बनाउन सरकारले विशेष नीति अबलम्बन गर्नुपर्ने कुरामा जोड दिएका थिए । करिब ३ करोड रुपैयाँको लगानीमा स्थापना भएको अक्सबृज ईन्टरनेशनल एकेडमीमा ल्याब, सिभिल र कृषि बिषयका १ सय १० जना बिद्यार्थी अध्ययनरत रहेको निर्देशक डिपी खनालले बताए ।
बिगत करिब अढाई दशकदेखि बिदेशी भाषा शिक्षामा अध्ययन अध्यापन गराउदै आएको अक्स्बृजले यसअघि स्वास्थ्य सेवातर्फका अनमी, सिएमए लगाएतका प्राबिधिक शिक्षाहरु पनि संचालन गरेको थियो भने अव निकट भविष्यमै स्वास्थ्य सेवातर्फकै हेल्थ असिस्टेन्ट एचए कक्षा पनि संचालन गर्ने अन्तिम तयारी भैरहेको समेत निर्देशक खनालले जानकरी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP