सोमबार , भाद्र १५, २०८३

कन्चन। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं। ५ का प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार शाहले विगत २५ बर्षदेखि आफ्ुनो ध्यान विकासमा केन्द्रित भएको बताउँदै विकास हेर्ने हो भने रुपन्देही क्षेत्र नं। ५ मा आउनुपर्ने बताउनु भएको छ ।

शाहले आफ्नो नेतृत्वमा भएको विकासले देशैभरी चर्चा पाउने गरेको बताउँदै अव पनि अरु धेरै विकासका काम गर्न र आफूले सुरु गरेको अधुरा काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको प्रष्ट गर्नुभयो ।

आईतवार निर्वाचन क्षेत्र नंं ५ का विभिन्न स्थानमा आयोजित कोणसभा, घरदैलो लगायतका विभिन्न कार्यक्रमलाई सम्वोधन गर्दै शाहले लामो संघर्षपछि राजनैतिक मुद्दा किनारा लगाएकोले अव आर्थिक विकास गर्ने समय आएको भन्दै आफू अव निर्वाचित भएर गएपछि रुपन्देही क्षेत्र नं। ५ मा रहेका अधुरा विकासका काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उम्मेदवार शाहले आफूले यस क्षेत्रमा गरेको विकास यहाँका मतदाताले देखिसकेको भन्दै अव जितेर गएपछि पनि विकासकै काम गर्ने भएकोले रुख चिन्हमा मतदान गरेर विजयी वनाउन आग्रह गर्नुभयो ।

जनताले कांग्रेसलाई बहुमत दिएर विजयी वनाए सुकुम्वासी समस्या समाधान गर्ने प्रतिवद्धता जनाउँदै नेता शाहले अहिलेको आफ्नो उम्मेदवारी पनि सुकुम्वासी समस्या समाधानतर्फ केन्द्रित रहने उल्लेख गर्नुभयो ।

उहाँले रुपन्देही क्षेत्र नं। ५ क मा गठबन्धनका तर्फबाट नेकपा माओवादीका प्रदेश सभाका उम्मेदवार विनोद पहाडी र फकरुद्दीन खानलाई भोट दिएर विजय वनाउन आग्रह गर्दै गठबन्धन विजयी भए यहाँको सुकुम्वासी समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले आफू विजयी भएर गएपछि पनि यहीँका जनताको दुःख सुखमा समर्पित हुने र जनताकै काममा लागिपर्ने उदघोष गनुर््भयो ।

उहाँले यो क्षेत्रमा जनताको स्वास्थ्य सुविधालाई ध्यान दिएर सुविधा सम्पन्न अस्पताल बनाउने बताउँदै क्षेत्र नं। ५ लाई नमुना क्षेत्रको रुपमा विकास गरिने समेत दावी गर्नुभयो ।

उहाँले लामो प्रयासपछि कञ्चन सिचाँई बाधको योजना पूरा भएको र उदघाटन समेत आफूले गरेको स्मरण गर्दै यसबाट यस क्षेत्रमा कृषि उत्पादन बढि किसानको आय श्रोतमा समेत बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले क्षेत्र नं। ५ नेपालकै सम्भावनायुक्त क्षेत्र भएको बताउनु हुँदै यहाँको कृषि क्षेत्रको विकासका लागि अव गर्नुपर्ने बाटो, पुल, कल्भर्ट र सिंचाईका लागि पहल गर्ने र बजेट पारेरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नं। ५ क का उम्मेद्वार नेकपा माओवादीका विनोद पहाडीले संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवारको जीत सुनिश्चित भैसकेको बताउनु भयो ।

पहाडीले नेकपा एमालेका उम्मेदवारहरु पराजित हुने हतास मनस्थितिमा पुगेको उल्लेख गर्दै अव गठबन्धनको जीतलाई कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP