मंगलबार , भाद्र १६, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफन्त र मित्र वर्गको सहयोग पाइने नै छ । बन्द व्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा पनि प्रगति हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । शेयर बजारमा रुचि पनि बढ्ने छ ।

jagdamba.cement
nepal liquors
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनैतिक तथा समाज सेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । शिक्षामा सफलता पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । नियमित खर्च समेत बढ्ने योग छ । काम बिगार्नेको सक्रिय रहने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समस्या दर्शाउँदा सुख दुःखमा साथ दिनेहरू भेटिने छन् । छोटो दूरीको लाभदायी यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज स्वास्थ्यमा प्रति सजग रहनु पर्छ । साना तिना समस्यामा अल्झनु पर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी पनि आउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी आफ्नो अनुभवले निर्णय लिन सके थप अवसर प्राप्त हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज समय मध्यम रहने छ । तपाईले आरोह अवरोहको सामना गर्नु पर्नेछ । आम्दानी नहुँदा आर्थिक रुपमा कमजोर भएको महसुस हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP