मंगलबार , बैसाख २९, २०८३

बुटवल , जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईँले मानव अधिकार प्रवद्र्धनको अभियानमा अभियान्तासंग आफूपनि सँगसँगै रहेको बताउनु भएको छ । उहाँले मानिसको बाँच्न पाउने अधिकार सुरक्षित हुनुपर्ने बताउँदै यो मानवतावादी अभियानमा आफू पनि सँगसँगै रहेको बताउनु भएको हो ।

एम्नेस्टी इन्टरनेशनल नेपालले आईतबार बुटवलमा आयोजना गरेको मानव अधिकार शिक्षा कार्यक्रममा बोल्दै उहाँले मानवअधिकारको प्रवद्र्धनमा अभियान्ताको अगाडि आफू लागेर हिड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले मानव अधिकारको प्रवद्र्धनको लागि स्थानीय तहले के गर्न सक्छन् कस्ता नीति लिनुपर्छ त्यसको पहल र पैरवीका लागि एम्नेस्टीसंग आफूपनि संगै हिड्ने बताउनु भयो ।

एम्नेस्टी मानवअधिकारको प्रवद्र्धनको लागि विश्वव्यापी सञ्जाल हो । मावन अधिकारको रक्षा, प्रवद्र्धन र पैरवीका लागि यसले काम गर्दै आएको छ । मावनअधिकारको रक्षाको लागि स्थानीय सरकार पनि उत्तिकै जिम्मेवार रहेको बताउँदै मानव अधिकारमैत्री नीति निर्माण र त्यसको कार्यान्वयनमा उहाँले जोड दिनुुभयो ।

एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले मानव अधिकारको क्षेत्रमा एम्नेस्टीले खेलेको भूमिकाको बारेमा जानकारी गराउँदै यसका सुधार गर्नुपर्ने कुराहरु राख्नुभएको थियो । उहाँले एम्नेस्टी नेपालको संरचनागत सुधारका कुराहरु राख्नुभएको थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले मानवअधिकारको रक्षा र प्रवद्र्धनमा एम्नेस्टीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले यो अभियानलाई अझै ससक्त बनाउन पनि सुझाव दिनुभयो ।

एम्नेस्टी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष राजन कुइकेलले एम्नेस्टी नेपालले नेपालमा द्वन्द्वकालिन समयमा ससक्त काम गरेको बताउँदै मावन अधिकार रक्षाका लागि राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय दवाव सिर्जना हुने जानकारी गराउनु भयो ।

एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले मानवअधिकारको सवालमा विश्वव्यापी रुपमा भईरहेको परिवर्तनले मानव अधिकारमा पार्ने प्रभाव र एम्नेस्टीले खेल्ने भूमिकाका बारेमाले भनाई राख्नुभएको थियो ।

कार्यक्रममा एम्नेस्टी नेपालकी रणनीति तर्जुमा समितिकी संयोजक पार्वता आचार्य, एम्नेष्टी नेपालका कोषाध्यक्ष रोशन बजगाँई, बोर्ड सदस्य देवेन्द्र सेजुवाल लगायतले मानव अधिकार र एम्नेस्टीले गर्ने कामहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।

एक दिनको यो कार्यक्रममा लुम्बिनी, कर्णाली, सुदुरपश्चिम, गण्डकी र बागमती प्रदेशका समुहका संयोजक तथा प्रतिनीधि गरी ६० जनाको सहभागिता रहेको एम्नेस्टी इन्टरनेशनल नेपाल आमसञ्चार र मानवअधिकार समितिका सदस्य कबिन्द्र नेपालले जानकारी गराउनु भयो । बुटवलमा आएका एम्नेस्टी अभियान्तालाई एम्नेस्टी इन्टरनेशनल नेपाल समुह १२ बुटवल र निर्माणाधिन बुटवल महिला समुहले स्वागत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP