मंगलबार , बैसाख २९, २०८३

तिलोत्तमा। बिहिबारदेखि झरना स्पोर्टस क्लबको आयोजनामा यस क्षेत्रकै गरिमा बोकेको ३५ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ। आज सम्पन्न समुद्घाटन खेलमा लिस्नु युवा क्लबले नवयुवा क्लब ठुटिपिपललाई १ का बिरुद्ध २ गोल गर्दै बिजयी भएको छ ।बर्षात भएपछी केहि ढिलो शुरु भएको सो खेल अबधि भर दर्शकले निकै मनोरंजन लिए। तिलोत्तमा नगरपालिका–६ कुञ्जलापुर उमा आधारभूत बिद्यालयको खेल मैदानमा सम्पन्न खेलमा लिस्नु युवा क्लबले नवयुवा क्लब ठुटिपिपललाई पहिलो हाफमा १ गोल र त्यसपछि दोस्रो हाफमा १ गोल गरि १ का बिरुद्ध २ गोल गर्दै विजयी भएको हो ।

प्रतियोगिता अन्तर्गत भोली इन्टरस्पोर्ट्स क्लब बुटवल र बहुजातीय एकता समाज मडाहा बीच प्रतिस्पर्धा हुने आयोजकका तर्फबाट कोशाध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिनुभयो।प्रतियोगिताको रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष तथा लोक पुनले बिहिबार उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै बिशिष्ठ अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले स्थानिय स्तरबाट खेल शुरु गरि ईतिहास बोकेको झरना कपको आफैमा गरिमा रहेको बताउनुभयो। उहाँले यस क्षेत्रको शानको रुपमा स्थापित यस खेल संगै सामाजिक सेवामा अग्रसर क्लबको खेल प्रतियोगिताको सफलताको शुभकामना दिनुभएको थियो। प्रतियोगितामा रुपन्देही, नवलपरासी, नेपालगंज र कपिलवस्तुका १६ टोलीको सहभागिता रहेको झरना स्पोर्टस क्लबका अध्यक्ष गङ्गा बहादुर पुनले बताए ।

हरेक दिन दिउसो ३ बजेदेखी शुरु हुने खेल हेर्न महिला वृद्दबृद्दा अपाङ्गता भएका र अशक्तलाई निःशुल्क प्रवेश दिइएको क्लबका कोशाध्यक्ष धनेन्द्र पौडेलको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP