शनिबार , जेठ ३२, २०८२

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना ‘अग्निपथ’ का विषयमा तत्काल नेपालका तर्फबाट कुनै पनि निणर्य नहुने स्पष्ट पारेको छ ।

आज (बिहीबार) सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन् । अहिले सरकार पूर्ण रूपमा निर्वाचनको तयारीमा लागेको र यस विषयमा राष्ट्रिय सहमति समेत आवश्यकता पर्ने भएको हुँदा अहिले निणर्य नहुने उनको भनाइ छ ।

‘नेपाल सरकारको निणर्य भनेको नै नवनिर्वाचित सरकारले गर्ने भन्ने हो,’ उनले भनिन् । प्रवक्ता लम्सालले प्राकृतिक प्रकोपमा फसेको पाकिस्तानलाई मानवीय हिसाबले नेपालले सक्ने सहयोग गरेको र आगामी दिनमा सहयोग आदान प्रदान हुने बताइन् ।
नेपालले तत्कालै ‘अग्निपथ’ अन्तर्गतको गोर्खा भर्तीका विषयमा निर्णय नदिए नेपालीका लागि छुट्याएको सीट फिर्ता हुने भारतीय सेना प्रमुख मनोज पाण्डेले बताएका थिए ।

अग्निपथ अन्तर्गत भदौ ९ गते बुटवलमा र भदौ १६ गते धरानमा तय गरिएको गोर्खा भर्ती सरकारले रोकेको छ । जसले गर्दा नेपालबाट गोर्खा भर्ती प्रक्रिया अघि बढ्न सकेको छैन । नयाँ दिल्लीमा युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इण्डियाले आयोजना गरेको कार्यक्रममा बोल्दै भारतीय सेनाध्यक्ष पाण्डेले यदि नेपालले स्वीकृती नदिए गोर्खाका लागि छुट्याइएका सीट अन्यत्र बाँडिने बताएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाले लेखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP