मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बुधबार) हरियाली छाएको छ । नेप्से परिसूचक ४७.४६ को विन्दुले बढ्दै १९८१.५० पुगेर बजार बन्द भएको छ । आज कारोबार रकम पनि बढेको छ । दिनभर एक अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएको छ ।

नेप्सेका १३ वटै उपसूचक आज हरियो भएका छन् । यसअनुसार १८४ कम्पनीको शेयर बढेको छ भने ५ वटाको घटेको छ । सबै समूहको शेयर बढेकोमा फाइनान्स, विकास बैंक, माइक्रो फाइनान्स र उत्पादन समूहको सेयर उच्च अंकले उकालो लागेको छ ।

आज दुई सय २७ वटा कम्पनीका ४६ लाख १८ हजार कित्ता शेयर एक अर्ब ४५ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नविल बैंकको करोड ५१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

यस्तै, ग्रिन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको शेयर मूल्य झण्डै साढे आठ प्रतिशतले बढेको छ । एनआईसी एसिया क्याप फण्डको शेयर भने १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP