मंगलबार , अषोज २७, २०८३

नेपालबाट भिसा आवेदन गरिएका ६० प्रतिशत प्रतिवेदन झुटो भएका तथ्यांक सार्वजनिक भएको छ। अस्ट्रेलियाको फाइनान्ससिएल रिभ्युले नेपालबाट भएका भिसा आवेदन मध्ये ६० प्रतिशत प्रतिवेदन झूटा भएको उल्लेख गरेको छ। मुख्यत नेपालका विद्यार्थीहरुले झूटा आर्थिक प्रतिवेदनहरू पेस गरेको अस्ट्रेलियाको आप्रवासनलाई उदृत गर्दै फाइनान्ससिएल रिभ्युले बताएको हो। झूटा प्रतिवेदन पेस गर्ने दोस्रो राष्ट्रमा थाइल्यान्ड परेको छ। दक्षिण एसिया र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूले भिसा आवेदनमा झूटा आर्थिक प्रतिवेदन पेस गरेको पाइएको हो।

फाइनान्ससिएल रिभ्युले अस्ट्रेलिया सरकारले विद्यार्थीलाई काम गर्न पाउने सीमितता हटाएपछि नेपालका विद्यार्थी पढ्नमा भन्दा काम गर्नमा व्यस्त भएको उल्लेख गरेको छ। अस्ट्रेलियाको गुणस्तरीय शिक्षा नियमक टेक्साका परिषद् सदस्य फिल हनीउडले अस्ट्रेलियाले गुणस्तरीय शिक्षामा बिश्वमाँझ प्रतिष्ठा कायम राख्नु निकै महत्त्वपूर्ण रहेको बताउँदै अस्ट्रेलिया काम गर्ने नभई पढ्न आउने गन्तव्य बन्नुपर्नेमा जोड दिएका मा जोड दिएका छन्। उनले अस्ट्रेलिया सरकारले तोके अनुसार आर्थिक लगायत सबै प्रतिवेदन र विद्यार्थीको अस्ट्रेलिया आउनुको उद्देश्यबारे नियमन हुनुपर्ने बताएका छन्।

हाल अस्ट्रेलियामा बिद्यार्थीले पनि पूरा समय काम गर्न पाउँछन्। कोभिडका कारण कामदार अभाव भएपछि विद्यार्थीले २० घण्टा मात्र काम गर्न पाउने समयसीमा हटाएर पूर्ण समय काम गर्न पाउने बनाइएको हो। तर पुन विद्यार्थीलाई २० घण्टा मात्र काम गर्न दिने बारे भएको छलफलमा आगामी जुनबाट कार्यान्वयन गर्ने सहमति भएको छ।

अस्ट्रेलियाका लागी गत चैत्र र बैशाख मात्र नेपालबाट आवेदन भएका भिसामा ८५ प्रतिशत भिसा प्रमाणीकरण भएका थिए। तर ज्येष्ठ असारमा यो संख्या घटेर ३० प्रतिशतमा पुगेको थियो भने साउनमा त करिब ९ प्रतिशतले मात्र भिसा प्राप्त गरेका थिए।

आप्रवासी कानुन विशेषज्ञका अनुसार अस्ट्रेलियाले सही आर्थिक प्रतिवेदन पेस गर्ने विद्यार्थीलाई सधैँ भिसा दिने तर झूटा प्रतिवेदन पेस गर्नेलाई मात्र गाह्रो भएको बताउँछन्। गत वैशाखमा अस्ट्रेलिया आउने विद्यार्थी भन्दा सबै भन्दा धेरै संख्या नेपालबाट थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP