मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । एसिया कप क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ । आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले एसिया कप ट्वान्टी-२० को उपाधि हात पारेको हो ।

दुबई अन्तर्राट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो । उसका लागि भानुका राजपाक्षेले अविजित रहँदै ७१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, चामिका करुनारत्नेले अविजित १४ रन बनाउँदा वानिन्दु हसरंगा डी सिल्भाले ३६ तथा धनन्जय डी सिल्भाले २८ रन बनाए ।

पाकिस्तानका लागि हरिस राउफले ३ विकेट लिए भने निशम शाह, शादब खान र इफ्तिखर अहमेदले १/१ विकेट लिए । १७१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान १४७ रनमै अल आउट भयो । उसका लागि मोहमद रिजवानले ५५ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै, इफ्तिखर अहमेदले ३२ तथा हरिस राउफले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । श्रीलंकाका प्रमोद मधुसनले ४ तथा वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिए । चामिका करुनारत्नेले २ विकेट लिए ।

पाकिस्तानमाथिको जितसँगै श्रीलंका छैटौं पटक एसिया कपको उपाधि जित्न सफल भएको छ । त्यसअघि सन् २०१४ मा बंगलादेशमा भएको एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई नै हराएर उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP