मंगलबार , भाद्र १६, २०८३

कञ्चनपुर । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएकी कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-७ की १८ वर्षीय मीना जोशीका परिवारलाई रु १० लाखको चेक शुक्रबार हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय प्रकृति कोषमार्फत उपलब्ध गराइएको रु १० लाखको चेक मृतकका बुवा कालुराम जोशीलाई प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले हस्तान्तरण गरेका हुन् ।

गत भदौ १३ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीले घरमै रहेका बेला मीनालाई आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको थियो । यसअघि मृतकका परिवारलाई कोषले किरिया खर्चबापत रु ५० हजार रकम उपलव्ध गराएको थियो । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति भए आश्रित परिवारलाई क्षतिपूर्तिवापतको रकम उपलव्ध गराउने प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP