मंगलबार , अषोज २७, २०८३

काठमाडौं । साफ यु-१७ च्याम्पियनसिपअन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दैछन् । एक खेलअघि नै दुवै टिम सेमिफाइनल पुगिसकेका छन् । खेल जित्ने टिम समूह ‘बी’ को विजेता हुनेछ ।

श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई २-१ ले निराश पार्दै एक खेलअगावै सेमिफाइनलमा स्थान बनाएको थियो ।

भारतको पनि एक खेलमा तीन अंक छ भने नेपालको पनि समान खेलमा तीन अंक छ । बराबरीको नतिजाले भने भारत समूह विजेता बन्नेछ । त्यसैले समूह विजेता बन्न नेपालका लागि जितको विकल्प छैन । नेपालसँगै भारत सेमिफाइनलमा बंगलादेशविरुद्धको भिडन्त टार्न चाहन्छन् ।

पहिलो खेलमा भारतसँग ३-० ले पराजित भुटान लगातारको दोस्रो हारपछि भने प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह ‘ए’ बाट बंगलादेशले दुई खेलमा शतप्रतिशत नतिजा निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाइसकेको छ ।

समूह ‘ए’ को पहिलो खेलमा आयोजक श्रीलंकामाथि सहज जित निकालेको बंगलादेशले दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको थियो । शुक्रबार नै श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ । जुन खेलले समूह ‘एु को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गर्ने टोलीको टुंगो लगाउने छ । नेपालसँगै भारत सेमिफाइनलमा बंगलादेशविरुद्धको भिडन्त टार्न चाहन्छन् ।

सन् २०१३, २०१७ र २०१९ मा गरी तीनपटक प्रतियोगिताको फाइनल प्रवेश गरे पनि नेपालको उपाधि लक्ष्यमा तीनैपटक भारत बाधक बन्दै आएको छ । सन् २०११ मा साफ यु-१६ को पहिलो संस्करण भएको थियो । नेपाल सेमिफाइनमा भारतसँग पेनाल्टी सुटआउटमा ४-२ ले निराश भयो । सन् २०१३ को संस्करणमा भने नेपाल फाइनमा भारतसँग १-० ले निराश भयो । सन् २०१५ मा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग १-० ले हारेको थियो ।

सन् २०१७ मा यु-१५ को उमेर समूहमा सम्पन्न प्रतियोगिताको फाइनलमा पनि नेपाल भारतसँग २-१ ले पराजित भएको थियो । सन् २०१८ र २०१९ को संस्करण पनि यु-१५ को उमेर समूहमा सम्पन्न भएको थियो । जसमध्ये सन् २०१८ मा भने नेपाल सेमिफाइनलमा पाकिस्तानसँग निराश भयो । सन् २०१९ को फाइनलमा भने नेपाल भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको थियो । यु-१५ र यु-१६ को उमेर समूहमा हुँदै आएको प्रतियोगिता सातौ संस्करणमा आएर यु-१७ को उमेर समूहमा हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP