मंगलबार , अषोज २७, २०८३

काठमाडौं । एसिया कप क्रिकेट सुपर चारको आफ्नो अन्तिम खेलमा भारतले अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ । गए राति दुबईमा भएको खेलमा भारतले अफगानिस्तानलाई १०१ रनले हराएको हो ।

भारतले दिएको २१३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो । अफगानिस्तानका इब्राहिम जाड्रनले अविजित ६४ रनको अर्धशतकीय पारी खेले । भारतका भुवनेश्वर कुमारले ५ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २१२ रन जोडेको थियो ।

भारतका विराट कोहलीले अविजित १२२ रनको शतकीय पारी खेले । उनको यो पहिलो टी-२० अन्तर्राष्ट्रिय शतक पनि हो । योसहित कोहलीले करियरको ७१औं शतक बनाएका छन् । त्यस्तै कप्तान केएल राहुलले ६२ रनको अर्धशतकीय पारी खेले । अफगानिस्तानका फारिद अहमदले २ विकेट लिए ।

भारतको यो सान्त्वना जित मात्रै हो । आज पाकिस्तानले सुपर चारको अन्तिम खेलमा श्रीलङ्कासँग खेल्नेछ । उपाधिका लागि आइतवार श्रीलङ्का र पाकिस्तान नै खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP