बुधबार , भाद्र १७, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज बजार घुम्ने अवसर मिल्ने छ । केही नयाँ कुरा खरीद गर्न सकिने छ । धर्म, कर्ममा मन लाग्ने र रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दैनिक कार्यमा प्रगति हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीणर् हुन सकिने छ । परिवारका सदस्यहरूबाट सहयोग पाइने र वैदेशिक कार्य अघि बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

city
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
एउटै कामबाट दोहोरो लाभ मिल्ने छ बन्धुबान्धवबाट सहयोग मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
रोकिएका काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्नेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अतः धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मित्रबाट विशेष सहयोग मिल्ने छ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य सम्पादनमा समस्या आउला । चोटपटकको भय छ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ । शेयर बजरमा नोक्सानी हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमणीय र सुखद् यात्राको योग छ । मनमा सहयोग भाव आउला । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
गरेको काम बिग्रने सम्भावना छ । जताबाट पनि खर्च मात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ, तर सामाजिक काम गर्ने मिल्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज पारिवारिक भेटघाटमा रमाइने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी पनि हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP