बुधबार , भाद्र १७, २०८३

रोल्पा । रोल्पाको माडी गाउँपालिका-३ तालाबाङमा एक दम्पतीको हत्या भएको छ । रोल्पाकै परिवर्तन गाउँपालिका-२ घर भइ तालाबाङमा बस्दै आएका २७ वर्षीय दुर्गाबहादुर पुन र उनकी श्रीमती ३७ वर्षीया पार्वतीको हत्या भएको हो ।

भदौ १४ गते तीजको दिन राति हत्या भए पनि १५ गते दिउँसो स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खबर गरे लगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद घिमिरे र इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवराज भट्टराईको नेतृत्वमा प्रहरी घटनास्थल पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा लगिएको छ । हत्याको कारण खुलेको छैन । श्रीमतीको माइतीघर खोटाङ भएको र केही वर्षअघि काठमाण्डौ इँटाभट्टामा काम गर्न जाँदा उनीहरूले विवाह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP