
जन्म भुमि छोडेर शुनौलो भविस्य खोज्दै प्रदेश बसेका नेपालि दिदि बहिनीहरु संग संगै बसेर आफ्नै मौलिक शैलीमा तिज मनाउन पाउदा आफुलाई पनि खुसि लागेको युवा पण्डित अनुज भण्डारीले पुरा खबरलाई बताउनु भयो । विगतका बर्षहरूमा पण्डित तथा गुरूको अभावमा सामूहिक रूपमा पुजा गर्न नसकेको स्मरण गर्दै यो पटक हिन्दु सस्कार अनुसार नै विधिवत रुपमा पुजा गरेर तिज मनाउन पाउदा नेपालमै बसेर तिज मनाए जस्तो महसुस भएको उपस्थित महिलाहरुले बताए । आफ्नो सस्कार र सस्कृति बिस्वको जुनसुकै कुनामा पुगेर पनि भुल्न नसकिने भन्दै महिलाहरुले तीजका भाका गएर मनोरंजन गरेका थिए ।