शनिबार , भाद्र १३, २०८३

काठमाण्डौ, १५ भदौ। अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरको नेपाली समुदायमा पहिलो पटक सामुहिक रूपमा तिज मनाइएको छ।  हिन्दु  नारीहरुको महान पर्वको रूपमा मनाइदै आएको  तीज पर्व पछिल्लो समय नेपालमा मात्र नभएर नेपाल बाहिर बस्ने नेपालिहरुले पनि  मनाउने प्रचलन बड्दो छ । युनिभर्सिटी अफ साउथेन क्वीन्सल्याण्ड नजिकैँ रहेको जापानिज गार्डेनमा पूजाको कार्यक्रम सञ्चालन भएको थियो । युवा पण्डित अनुज भण्डारीले  पूजाको कार्यक्रम सञ्चालन गर्नुका साथै  कथा  बाचन गरेर सुनाउनु भएको थियो । पूजाको व्यवस्थापनका लागि नेपलिज एसोशिएसन अफ टुओम्बाले सहयोग पुर्याएको  थियो । पछिल्लो समय नेपालमै पनि तिजको बाहानामा विभिन्न पार्टी  प्यालेस र रिसोर्ट  बुकिंग गरेर फजुल खर्च र तडक भडक देखाउने प्रवृत्ति बड्दै गए  पनि आफुहरुले कला सस्कृति लाइ कुनै तोड मोड गर्न हुदैन भनि पुरोहितको समेत व्यवस्था गरि तिज मनाएको आयोजक सस्था नेप्लिज एसोसियसनले बताएको छ  ।

जन्म भुमि  छोडेर शुनौलो भविस्य खोज्दै प्रदेश बसेका नेपालि दिदि बहिनीहरु संग संगै बसेर आफ्नै  मौलिक शैलीमा तिज मनाउन पाउदा आफुलाई पनि खुसि लागेको युवा पण्डित अनुज  भण्डारीले पुरा खबरलाई बताउनु भयो ।  विगतका बर्षहरूमा पण्डित तथा गुरूको अभावमा सामूहिक रूपमा पुजा गर्न नसकेको स्मरण गर्दै  यो पटक हिन्दु  सस्कार अनुसार नै विधिवत रुपमा पुजा गरेर तिज मनाउन पाउदा नेपालमै बसेर तिज मनाए जस्तो महसुस भएको उपस्थित महिलाहरुले बताए  ।  आफ्नो सस्कार र सस्कृति  बिस्वको जुनसुकै कुनामा पुगेर पनि भुल्न नसकिने भन्दै महिलाहरुले तीजका भाका गएर मनोरंजन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP