
काठमाडौं । केन्यासँगको पाँचौँ तथा निर्णायक टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नैरोबीको जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।
पाँच खेलको श्रृङ्खलामा नेपाल र केन्याले दुई-दुई वटा खेल जितेका छन् । आजको खेल जित्नेले शृङ्खला जित्नेछ । नेपालले पहिलो र तेस्रो खेल जित्दा केन्याले दोस्रो र चौथो खेल जितेको छ ।
नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एक दिवसीय श्रृङ्खला पनि खेल्ने छ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २० गते हुने तालिका छ ।