मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । आगामी ४ मंसिरमा हुन गईरहेको संघीय र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसका लागि रकम उठाएको सूचना पाएपछि नेपाली कांग्रेसले सो कार्य रोक्न निर्देशन दिएको छ ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक परिपत्र जारी गदै जिल्ला, क्षेत्र र प्रदेश कार्य समितिलाई पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएका हुन ।

विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने शुल्क तथा सहयोग रकम (लेबी) बाहेक अन्य रकम लिने कार्य बैधानिक नहुने पौडेलले जारी गरेको परिपत्रमा उल्लेख छ ।

‘कतिपय पार्टीका निकायवाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्दा रकम मागिएको जानकारी प्राप्त भएको भन्दै यसमा केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी पत्रमा भनिएको छ, ‘बिभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यवाट बिद्यान तथा नियमावली बमोजिम सबन्धित पार्टी निकायले लिनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम बाहेक उम्मेदवार सिफारिस गर्दा कुनै पनि तहको कार्यसमितिले कुनै पनि प्रकारको रकम माग गर्नु/उठाउन बिद्यान विपरितको कार्य हुने भएकाले त्यस्तो कार्य नगर्नु/नगराउनु हुन निर्देशानुसार अनुरोध गरिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP