मंगलबार , बैसाख २९, २०८३

बुटवल । बुटवल‐८, सुख्खानगरस्थित अक्सफोर्ड माविले हरितालिका तिजको अवसरमा नेपाली संस्कृतिको संरक्षण तथा विद्यार्थीहरुमा रहेका नृत्य तथा गायनसम्बन्धी अन्तरनिहित प्रतिभाहरु उजागर गर्ने उद्देश्यले अन्तरसदनात्मक तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका प्राचार्य दिनेश भुसालको अध्यक्षता तथा सहप्राचार्य मोहन खनाल क्षेत्रीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले उत्साहपूर्वक आआफ्ना गीत एवम् नृत्यहरु प्रस्तुत गरेका थिए । साथै महिला शिक्षकहरुको विशेष नृत्य प्रस्तुतिसमेत रहेको थियो ।

उक्त तिज विशेष सांस्कृतिक कार्यक्रममा अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, अक्सफोर्ड माविका सहप्राचार्य सुमन भुसाल, अक्सफोर्ड कलेजका प्राध्यापकलगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कक्षा ११⁄१२ बिहानी सत्रका इन्चार्ज नारायण सापकोटाले तिजसम्बन्धी विशेष मौलिक गायन प्रस्तुत गर्नुभएको थियो । सभाध्यक्ष तथा विद्यालयका प्राचार्य दिनेश भुसालले सबैमा तिजको शुभकामना व्यक्त गर्दै विद्यालयले राष्ट्रकै शैक्षिक नेतृत्व गर्ने गरी तीव्र रुपमा काम गरिरहेको जानकारी दिनुभयो । उहाँले विद्यार्थीलाई शैक्षिक गतिविधिमा मात्र नभई अतिरिक्त क्रियाकलापमार्फत उनीहरुको सर्वाङ्गीण विकासलाई उच्च महत्त्व दिने बताउनुभयो । साथै उहाँले नेपाली मौलिक संस्कृति तथा पहिचानलाई जोगाइराख्न र विद्यार्थीका प्रतिभाहरु प्रस्फुटनका लागि विद्यालयले यस्ता कार्यक्रमहरु समयसान्दर्भिक रुपमा आयोजना गरिरहने कुरा व्यक्त गर्नुभयो ।

प्रतियोगितामा कक्षा १‐२ तर्फ धौलागिरि, अन्नपूर्ण र धौलागिरि हाउसहरु क्रमशः प्रथम, द्वितीय र तृतीय, कक्षा ३‐४ तर्फ सगरमाथा, सगरमाथा र धौलागिरि हाउस क्रमशः प्रथम, द्वितीय र तृतीय, कक्षा ५‐६ तर्फ अन्नपूर्ण, माछापुच्छ«े हाउसहरु क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । यसैगरी कक्षा ७‐९ तर्फ अन्नपूर्ण, धौलागिरि र माछापुच्छ«े हाउस क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए ।

उत्कृष्ट विद्यार्थीहरुलाई कार्यक्रमका सभाध्यक्ष तथा अन्य अतिथिहरुले पुरस्कार वितरण गरी हौसला बढाउनुभएको थियो । साधना कला केन्द्र, बुटवलका प्रशिक्षकहरु द्वय विश्वास थापा र अंशु कुँवर निर्णायक रहेको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख कपिल ढकाललगायत शिक्षकहरु कल्पना पन्थी, सम्झना पन्थी, अस्मिता थापा र रोशनी गुरुङले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP