बुधबार , भाद्र १७, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचनामा बिहीबार डोजर चलाएको छ । आज बिहानै मेयर बालेन्द्र साह (बालेन) अल्फाबिटामा अनुमतिबेगर बनाइएको संरचना हटाउन पुगेका थिए ।
अल्फाबिटाले नक्सामा पार्किङ भनेर उल्लेख गरेको बेसमेन्टमा अनाधिकृत संरचना बनाएर फार्मेसी सञ्चालन गरिरहेको थियो ।

डोजर चलाउन निर्देशन दिएपछि बालेनले फेसबुकमा अल्फाबिटाका मालिकले भवनको नक्सा आफूसँगै मागेपछि अफिसमा गएर नक्सा र डोजर लिएर आएको बताएका छन् ।

‘मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ? नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाई दिनुहोला,’ उनले भनेका छन् । अब उप्रान्त यस्तो गर्नु नपर्नेगरी सबैले आफैं बुझेर अवैधरूपमा बनाइएका संरचना हटाइदिन बालेनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP