बुधबार , भाद्र १७, २०८३

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि लागेको महाअभियोगकाबारेमा यसै साता सफाई पेश गर्नुपर्ने भएको छ ।

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेपछि निलम्बित प्रधानन्यायाधीश जबराले यसैसाता सफाई पेश गर्नुपर्ने भएको हो । जसअनुसार राणाले समिति समक्ष यसै साता जवाफ पेश गर्नेछन ।

समितिले २९ भदौं भित्र जबरामाथि लागेको महाअभियोगका बारेमा सफाई पेश गर्ने, अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ । प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो ।

उता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिका समय छोटाएर २५ भदौभित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको थियो । सिफारिस समितिको तेस्रो बैठक पुनः आज (बुधबार) बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP