शुक्रबार , भाद्र १२, २०८३

यहि आउँदो सेप्टेम्बर १०मा हुन गइरहेको नेपाल फेस्टिबल मेल्वर्न २०२२ को तयारी र कार्यविधिको बारेमा जानकारी दिन पहिलो पटक आज २१ अगस्तमा मुस्ताङ्ग प्यालेस सिड्नी रोड स्थिती पत्रकार, फेस्टिबल टास्कफोर्सका संयोजक, फेस्टिबल कमिटिका सदस्यहरु र नेपाली समुदायका व्यक्तिहरुबीचमा मिडिया कन्फेरेन्स सम्पन्न भएको छ ।

मिडिया कन्फेरेन्समा जुमबाट पनि सहभागि हुने व्यवस्ता मिलाइएको थियो । सम्मेलनमा स्वागत मन्तव्य दिदैँ एनआरएनए भिक्टोरीयाका सचिव गणेश कडेँलले नेपाल फेस्टिवलको तयारी भव्य भइरहेको वताएका थिए । त्यस्तै एनआरएनए भिक्टोरीयाको र नेपाल फेस्टिबलको संयोजक हरि खड्काले टास्क फोर्सका सबै संयोजकहरुको परिचय दिदैँ फेस्टिबल तयारी लगभग सकिसकेको र यसलाई ऐतिहासिक वनाउन सबैको साथ र सहभागित आवश्यक पर्ने वताएका थिए ।

त्यस्तै सम्मेलनमा फेस्टिबलको टाइटल स्पोन्र्सर रहेको बलूबेरी रियल स्टेटका सेल्स म्यानेजर महादेव धानुकले ब्लूबेरी फेस्टिबललाई प्रायोजन गर्नुमा एउटा विशुद्ध उद्देश्य रहेको र नेपाली कला संस्कृति, भाषा, भेषभूषा , गीत संगीत र नेपाली परिकार चिनाउने यो फेस्टिबलमा प्रायोजक हुनु अत्यन्त गौरभको विषय पनि रहेको बताएका थिए ।

त्यस्तै पब्लिसिटि टिमका संयोजक हेम दुलालले फेस्टिबललाई नेपाली समुदायमा मात्रै सिमित नगरेर अन्य समुदायसम्म पुर्याउन आफ्नो टिमले एकदमै मेहेनत गरिरहेको वताएका थिए । आर्टिस्ट म्यानेजमेन्टका संयोजक राम कडेँलले आर्टिस्टहरुको अपडेटमा स्टेज तताउन कव वेभ व्याण्ड र लोक दोहोरी गायक बद्री पंगेँनी आउने पक्का भएको र एउटा फिमेल भोकलिष्ट पनि राख्ने कुरा भइरहेको र नाम अहिले फाइनल नभएको वताएका थिए । कल्चरर्ल परेडका संयोजक तारा ग्रैरेले दिदी बहिनी समाज भिक्टोरीयासँग सहकार्य गरेर परेड व्यवस्था गरिरहेको र यसपालिको रुट पारलेमेन्ट हाउसबाट शुरु हुने जानकारी दिएका थिए । गेष्ट म्यानेजमेन्टबाट गणेश कडेँलले नेपाली दूतावासबाट वाणिज्यदूत कैलाश राज पोख्रेल, भिक्टोरीयाको महिला तथा शिक्षा मन्त्रि नाटलि हुचिङ्गस्, भिक्टोरीया बाहुसाँस्कृतिक कमिसनको अध्यक्ष भिभिन न्यूहुङ्ग लगाय अन्य उच्च पदाधिकारीहरुको उपस्थिती रहेको जानकारी दिएका थिए । फुड एण्ड बेभेरेजबाट विजय दाहालले नेपाली मौलिकता झल्काउने र स्वाद आउने परिकारहरुलाई त्यो दिन महत्व दिने र यतिबेला नेपाली स्वाद विदेशीहरुलाई चखाउने सुनौलो अवसर रहेको पनि बताएका थिए । भोलेन्टर म्यानेजमेन्टबाट कृष्णा चालिसेले बोल्दै न्याभले भोलेन्टर परिचालन गर्ने तयारी गरिरसकेको र त्यो दिन अरु पनि थप भोलेन्टर चाहिने भएकोले यदि कोही इच्छुक हुनुहुन्छ भने न्याभमा सम्पर्क गर्न अनुरोध गरेका थिए । स्पोन्र्सरको अपडेट दिदैँ हरि खड्काले अहिलेसम्म ६ वटा प्याटेनियम स्पोन्र्सर रहेको, १६ वटा करपोरेट स्पोन्र्सर रहेको वताएका थिए । यसपाली पनि एसवीएसलाई मिडिया पार्टर्नरको रुपमा स्वागत गर्न पाउँदा र कमन वेल्थ ब्याङ्कलाई पनि छिट्टै करपोरेटमा ल्याउन पाउँदा एकदमै खुशी लागेको कुरा हरि खड्काले जानकारी दिएका थिए ।

सम्मेलनमा उपस्थित हुन नसकेपनि जुमबाट क्रियटिभ एण्ड डिजाइनका सुधिर शाक्य, फाइनान्स म्यानेजमेन्टबाट हेमराज पौडेल, स्टेज म्यानेजर ललिसा थापा, कल्चरल संयोजक राम गुरुङ्ग, डिस्प्ले एण्ड डेकोरेसनका रन्जन बैध , मेडिकल एण्ड हेल्थका जमुना पराजुली र क्याइसिस म्यानेजमेन्टका जोग लिम्बुले उपस्थिती जनाएका थिए ।

यसपालीको इभेन्ट म्यानेजमेन्टको कार्यभारमा नियुक्त भएको यति फुटबल क्लबबाट प्रतिनिधित्व गर्दै राज शर्मा सम्मेलनमा उपस्थित भएका थिए र सम्मेलनमा बोल्दै उनले यो पटक समेत गरेर यति फुटबल क्लबले दुईपटक नेपाल फेस्टिबललाई म्यानेज गर्ने मौका पाएकोमा समस्त नेपाल फेस्टिबल टिमप्रति आभारी रहेको र यसपाली पनि आफूले पाएको उत्तरदायित्व मन, वचन र कर्मले पुरा गर्ने वताएका थिए ।

सम्मेलनको अन्त्यमा पत्रकार र नेपाल फेस्टिबल कमिटिका पदाधिकारीहरुबीच अन्तक्रिया भएको थियो ।
@Enepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP