मंगलबार , बैसाख २९, २०८३

बुटवल । पाल्पामा आत्महत्याको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको साउन महिनाको प्रतिवेदनमा यो अवस्था देखिएको हो । जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका ३० वटा घटना मध्ये १३ वटा भघटना आत्महतय सम्बन्धि छन् ।

प्रतिवेदन अनुसार ११ जनाले झुण्डिएर, एक जना विषादी सेवन तथा एक जनाले नदीमा हामफालेर ज्यान गुमाएका छन् । यसैगरी जिल्लामा घरेलु हिंसा सम्बन्धि १५ वटा उजुरी परेका छन् । उजुरी परेका मध्ये अधिकांश मुद्दालाई मिलापत्र गराउने काम भएको छ । प्रहरीको प्रतिवदेन अनुसार प्राप्त उजुरी मध्ये १२ वटा मुद्दामा मिलापत्र गराइएको छ । बाँकी रहेका ३ वटा मुद्दा अदाली प्रक्रियामा अघि बढेका छन् । कार्यालयमा परेका ७ वटा ठाडो उजुरी मध्य ६ वटामा मिलापत्र गराइएको छ भने एक मुद्दा बाँकी रहेको छ ।

साउन महिनामा पाल्पामा १९ जना महिला तथा ११ जना बालबालिकाहरु हराएका छन् । हराएका मध्ये १४ जना महिला भेटिएका छन् भन् ५ जना अझै वेपत्ता छन् । यसैगरी हराएका ११ जना बालबालिका फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयले समाजमा दुर्घटना न्युनिकरण तथा सुरक्षा कार्यक्रम अन्तरगत समुदाय स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । साउन महिनामा प्रहरीले ११ वटा विद्यालय स्तरका तथा ३७ वटा समुदाय स्तरका कार्यक्रम सञ्चालन गरेको थियो ।

सडक सुरक्षा अन्तरगत जिल्लामा साउन महिनामा १ हजार २१५ सवारी कारबाहीमा परेका छन् । कारबाहीबाट ७ लाख ८४ हजार राजश्व संकलन भएको छ । जिल्लामा २४५ टिपर, १२७ बस, ३५६ जिप, कार तथा भ्यान, ९७ ट्याक्टर, ३७५ मोटरसाइकल कारबाहीमा परेका थिए भने १५ जना चालक मादक पदार्थ सेवन (मापसे) कारबाहीमा परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP