बुधबार , भाद्र १७, २०८३

काठमाडौं । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना सिभिल इन्जिनियर र एक जना बालक अपहरण र ज्यान मुद्दामा जेल बसेर छुटेका युवक छन् ।

ललितपुर घर भएका ३८ वर्षका नविन श्रेष्ठ र सुनसरी घर भएका ४३ वर्षका ध्रुव लिम्बुलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकाशराज खनालले जानकारी दिए । आरोपीहरुको साथबाट प्रहरीले २,८१० एम्पुल लागुऔषध बरामद गरेको छ ।

काठमाडौंको कालो पुलबाट पक्राउ गरिएका ध्रुव लिम्बु सिभिल इन्जिनियर हुन् । भदौ ३ मा पक्राउ गरिएका लिम्बुको साथबाट प्रहरीले ५६० एम्पुल बुप्रेनोर्फिन, ५८४ एम्पुल फेनारगन र ७३७ एम्पुल डाइजेपाम बरामद गरेको छ । भदौ २ मा झम्सी खेलबाट पक्राउ गरिएका नवीनको साथबाट प्रहरीले २४३ एम्पुल बुप्रेनोफ्रिन, २४३ एम्पुल फेनारगन र २४३ एम्पुल डाइजेपाम बरामद गरेको छ ।

नविन श्रेष्ठ २०६४ असोजबाट ८ वर्ष जेल बसेर निस्केका हुन् । नाबालक धीरज अधिकारीलाई उनीसहितले अपहरण गरेर हत्यापछि बागमतीमा फालेका थिए । आरोपीहरुले भारतको रक्सौलबाट मोटरसाइकलको ट्याङ्कीमा लुकाएर लागुऔषध काठमाडौं ल्याएको ब्यूरोले गरेको अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP