मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति कांग्रेस संसदीय दलले गहिरो दुःख व्यक्त गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक शोक विज्ञप्ति प्रकाशित गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

सचेतक विश्वकर्माले स्वर्गीय गिरीको अन्तिम श्रद्धाञ्जलीका लागि आज आइतबार बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म नेपाल मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा पार्थिव शरीर राखिने जानकारी दिए ।

पार्टी संसदीय दलका अनुसार बिहान ११ः०० बजेदेखि दिउँसो ०२ः०० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, सानेपा ललितपुरमा पार्थिव शरीरलाई श्रद्धाञ्जलीका राखिने र त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने छ ।

क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP