मंगलबार , बैसाख २९, २०८३

सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका व्यक्तिका परिवारले तीन दिनपछि शव बुझेका छन् । वनसम्बन्धी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर-१३ का ५८ वर्षीय धनीराम लामिछानेको हिरासतभित्र मृत्यु भएको थियो ।

मृतकका परिवारले लामिछानेकोे कर्मचारीको कुटाइका कारण मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै शव बुझ्न मानेका थिएनन् । घटनापछि छानबिन समिति गठन गरिएको थियो । पीडित परिवारसँग छलफलपछि मृतक परिवारले आज शव उठाएका छन् । कणर्ाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लामिछानेको परिवारबीच भएको वार्तापछि पीडित परिवारलाई रोजगारी दिने सहमति भएको छ ।

आश्रित परिवारमध्ये दुई जनालाई एक महिनाभित्र रोजगारी दिने सहमति भएको छ । डिभिजन वन कार्यालयका अनुसार लामिछानेका आश्रित दुई जनालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा मातहतका निकायमा रोजगारी उपलब्ध गराउने सहमति भएको हो । एक महिनाभित्र उनीहरुलाई रोजगारीमा लगाउने सहमति भएको छ ।

यस्तै परिवारले माग गरेको रु २५ लाख क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालयले कणर्ाली प्रदेशको मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने भएको छ । लामिछानेका एक छोरालाई उच्च शिक्षा छात्रवृत्ति दिने सहमति भएको कार्यालयले जनाएको छ । सहमतिपछि शव परीक्षण गरी आजै दाहसंस्कार गरिएको मृतकका छिमेकी कुलबहादुर खानले जानकारी दिए ।

डिभिजन वन कार्यालय वीरेन्द्रनगर हिरासतमा लामिछानेको मृत्यु भएको विषयमा छानबिन गर्न शुक्रबार समिति गठन गरिएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा बनेको समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक अधिकृत, राष्ट्रिय अनुसन्धान कार्यालय एक अधिकृत, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन सचिव सदस्य थिए ।

समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । बिहीबार बेलुका वनसम्बन्धी मुद्दामा पक्राउ परेका लामिछानेको कार्यालयको हिरासतमा मृत्यु भएको पाइएपछि उनका परिवार तथा आफन्तले आन्दोलन गरेका थिए । नम्बरिङ गरिएको सालको रूख काटेको आरोपमा लामिछानेलाई पक्राउ गरिएको थियो । कार्यालयको हिरासतमा लामिछाने झुण्डिएको अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP