शुक्रबार , भाद्र १२, २०८३

अस्ट्रेलियाको उत्तरी भागमा पर्ने नर्दन टेरोट्री अन्तर्गत डार्विन शहरमा नेपाली समुदाय बीच निकै रमाइलोका साथ बनभोज कार्यक्रम सम्पन्न भएको छ। NRNA-NT र NANT को आयोजनामा भएको बनभोज कार्यक्रममा उल्लेखनीय सहभागिता थियो। बिशेष गरी नेपाल बाट आउनु भएका अभिभावकलाइ एक्कै ठाउँ भेला गरि रमाइलो संगै परिचय गराउने उदेश्यले पनि यो कार्यक्रममा निकै बुवा-आमाको उपस्थिति रहेको जानकारी हामीलाई NANT अध्यक्ष आशिष कट्टेलले गराउनु भयो। 

डार्विनमा बसोबास गर्दै आउनु भएका नेपाली युवा समुदायलाई $२५ तिरेर सहभागी गरिएको बनभोजमा बुवा-आमा तथा साना बालबालिकालाइ भने निशुल्क गरिएको जानकारी NRNA-NT अध्यक्ष बिष्णु चापागाईले दिनु भयो। बनभोजमा करिब २०० जनाको उपस्थिति रहेको जानकारी पनि वहाले दिनु भयो।  

उक्त कार्यक्रममा उपस्थित सबैलाई बिभिन्न खेल खेलाउदै, मादल र खैजडीमा तीज गीत/ लोक गीतको साथ सबैलाई नचाउदै रमाइलो गरिएको थियो।

बनभोजको जमघटको फाइदा उठाउदै POP-UP Entrainment का आयोजकले, डार्विनमा आउदो  अगस्त २५ मा हुन लागेको 1974 AD को “यो मन त मेरो नेपाली हो” इभेन्टको अफिसियल ब्यानर प्रकाशित गराएका थिए।

उपस्थित सबै अभिभावकले परदेशमा धेरै नेपालीको बसोबास भए पनि सबै जुटेर रमाइलो गर्न समय नमिल्ने हुदा यस्तो कार्यक्रमले सबै संग भेटघाट हुने र नेपाली बीच आत्मियता बढ्ने भन्दै आयोजकलाइ आशिर्वाद र धन्यवाद दिनु भएको थियो।

कार्यक्रममा बोल्दै NRNA-NT अध्यक्ष बिष्णु चापागाईले हरेक बर्ष बनभोज कार्यक्रम गर्दै आएको र यो पटकको बनभोज कार्यक्रम पहिलेको भन्दा निकै रमाइलो भएको जानकारी दिदै कार्यक्रम मा उपस्थित हुनुभएका र बिशेष गरी सहयोग  गर्ने सम्पूर्ण हातलाई धेरै धेरै धन्यबाद दिनु भएको थियो।  जुलाई ३१, २०२२ आइतबारको दिन ली पोइन्ट मा बनभोज सम्पन्न भएको थियो। 

Photo Credit : Click A world / Anu CHapagain

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP