मंगलबार , बैसाख २३, २०८२

वि.सं. २०७९ श्रावण १८ गते बुधवार तदनुसार ई. सं. २०२२ अगस्ट ०३ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२२ बजे र सूर्यास्त : साँझ ०६:४१ बजे, चन्द्रोदय : दिउँसो १०:०२ बजे र चन्द्रास्त : बेलुका १०:१२ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२८ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३३ बजे र सूर्यास्त : साँझ ०६:५७ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:४६ बजे र सूर्यास्त : साँझ ०७:१३ बजे, श्रावण शुक्लपक्ष (गुँलाथ्व) षष्ठी तिथि, मध्यरात्रीपछि ०१:५१ बजेसम्म, त्यसपछि सप्तमी तिथि, हस्ता नक्षत्र, दिउँसो ०४:०८ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, चन्द्रमा कन्या राशिमा, मध्यरात्रीपछि ०४:०६ बजेसम्म, त्यसपछि तुला राशिमा, सिद्धि योग, साँझ ०४:३९ बजेसम्म, त्यसपछि साध्य योग, सुरुमा कौलव करण दिउँसो ०२:१५ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपछि ०१:५१ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : आनन्द, चन्द्रवणर् : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पश्चिम, वारशूल : उत्तर, वाणपञ्चकमध्ये रोग वाण : बिहान ०७:०८ बजेपछि, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, आज : कल्की जयन्ती, आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), शिलान्यास (सामान्य), वस्त्राभरण, पुराण श्रवण, कलशचक्र, चुल्लीचक्र, हलचक्र

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- १९ गते : गोस्वामी तुलसी दास जयन्ती, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), वस्त्राभरण, द्रव्यप्रयोग, डेरा सर्ने, कलशचक्र, २० गते : अष्टमी व्रत, गोरखकाली पूजा, यँल पञ्चदान, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), वस्त्राभरण, द्रव्यप्रयोग, डेरा सर्ने, दीक्षा ग्रहण, कलशचक्र (द्रष्टव्य : दिउँसो १२:०८ बजेसम्म भद्रा रहेको छ), २१ गते : मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ, प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ । आपसी समन्वयको प्रयास गर्नुहोला, बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्न सक्छ । हरेक कार्यलाई व्यवहारिक रूपमा पूरा गर्ने प्रयास गर्नुपर्छ, सुनिश्चित सफलताको योग छ । तर रिसराग र आवेग बढ्ने समय भएकाले भावनामा बहेर कुनै पनि निणर्य नगर्नु होला । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भूमिनन्दनाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो । नयाँ कामको प्रस्ताव आउने छ र बुद्धिको प्रयोग गरेमा लाभसमेत पाउन सकिने छ । सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ । मन फुरुङ्ग र उत्साही हुनेछ, टाढा रहेका आफन्त वा छोराछोरीबाट कुनै राम्रो समाचार सुन्न पाइने दिन हो । प्रयास गरेको कुनै पनि साधनाले पूणर्ता प्राप्त गर्नेछ । नजानेर अड्किएका विषयमा आज पुनः प्रयास गर्नु राम्रो हुन्छ । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हयग्रीवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ । कार्यस्थलमा पनि असाध्यै दौडधूप गर्नुपर्ने हुन्छ । सानो लापरवाहीले ठूलो नोक्सानी हुनसक्छ, अतः महँगा चिजबीजको प्रयोग गर्दा सावधान हुनुपर्छ । बाध्यात्मक घरायसी काममा खट्नुपर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ, तथापि श्रम गरेबमोजिम राम्ररी नै कार्यालयको काम सम्पादन हुनेछ । एकान्तमा बस्न पाउने र रमाउने मौका छ, तर समय र स्थान छनौट गर्न गोपनीयता अपनाउनु होला । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ रातो र शुभ दिशा उत्तर उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमश्चण्डिकायै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कुनै उदारमना वा हाइ प्रोफाइल व्यक्तिसँग उठबस गर्ने मौका मिल्नेछ । मनमा तुस छ भने विशिष्ट व्यक्तिको उचित सल्लाह र सहानुभूति जुटाउन सकिने छ, सम्पत्तिसम्बद्ध बाधा हट्नेछन् । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो । दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ, पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्यासित भेटघाट हुनसक्छ । बहुप्रतीक्षित अभिलाषाको पूर्ति हुने समय छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सिम्रिक रातो र शुभ दिशा पश्चिम उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बक्रतुण्डाय हुम् यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मिहिनेत र बुद्धिकौशलको प्रयोग गरी आज सँगीसाथीका बीचमा विद्वान् र चङ्ख साबित हुने दिन हो, गुरुजनबाट स्याबासी पाउन सक्नुहुन्छ । ज्ञान, अनुभव वा सीपको भरपूर प्रयोग गरिने छ, आन्तरिक प्रतिभा वा अभिव्यक्तिगत कलाको प्रस्तुति गर्दै मानसम्मानसमेत जुटाउन सकिने छ । आनन्द र प्रसन्नताका साथमा नै नियमित काम सम्पन्न हुनेछन्, आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन सञ्चित गर्न सकिने छ । आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो र शुभ दिशा दक्षिण उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रियै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ ज्ञान प्राप्त गर्ने वा विगतको सिकाइ अनुभवको प्रयोग गरी अघि बढ्ने समय हो । धन वा प्रतिष्ठाको बृद्धिका लागि चालेका हरेक प्रयास सफल हुनेछन् । विपरीत परिस्थितिलाई कुशलतापूर्वक झेल्नसक्ने सामर्थ्य र आत्मविश्वासको विकास हुनेछ । पेसागत उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ । एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, व्यवहारिक समस्या हल गर्न सहयोग आदान/प्रदान हुनसक्छ । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ कलेजी र शुभ दिशा पूर्व उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अर्काय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ । तालसाँचो बलियो बनाउनु होला, सानो भुलचुकमा ठूलो नोक्सानी हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा पनि सजग रहनुपर्छ । पठनपाठनप्रति ध्यान केन्द्रित हुँदैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित हुनुपर्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ त्र्यम्बकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
रोकिएको काम बन्ने र पदीय दायित्वमा बृद्धि हुने दिन छ, खोजी गर्दा आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिने छ । व्यक्तिगत खुसी र आनन्दका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउनु होला । पहिले गरेको लगानीको लाभांश पाइने छ, तर खर्चको मात्रा बढ्न सक्छ, बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुहोला । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ रङ्गीबिरङ्गी/छिरबिरे र शुभ दिशा पश्चिम उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवीद्यौराल्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ । कठिन परिश्रम गर्नुपर्ने समय हो, तर पनि समुचित प्रतिफल प्राप्त गर्न नसक्दा मन दुखित बन्नसक्छ । परिस्थिति जेजस्तो भए पनि तपाईंको आफ्नो जिम्मेबारी पूरा गर्न सफलता पाउने दिन हो । नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा दक्षिण उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बुं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सामाजिक र परोपकारी काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । विशेष गरी जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन्, तिनको प्रयास सफल हुने समय हो । हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले भविष्यमा राम्रो मुनाफा दिलाउनेछ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ परब्रह्मणे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ, सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ । तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रूचि बढ्न सक्छ । आज कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्न सक्नुहुन्छ । विशेष गरी ड्राइभिङका क्रममा घुम्ती र मोडमा सावधानी अपनाउने दिन हो, आफूले गल्ती नगरे पनि अरुको लापरवाहीको सजाय आफैंले भोग्ने परिस्थिति बनेको छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ कालो र शुभ दिशा उत्तर उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सङ्कटाभगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । अन्तरङ्ग मित्र वा आफन्तसँग भेटघाट हुनेछ । सृजनात्मक, कल्पनाशील र रमणीय दिन छ, व्यस्त दिनचर्या अर्थात् बोरिङ रुटिनबाट राहत पाउने समय हो । आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ इन्द्राण्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु