शुक्रबार , भाद्र १२, २०८३

गणेश कडेँल एनआरएनए भिक्टोरीयाको सचिवको रुपमा आवद्ध छन् । करिब १० वर्ष देखी अस्ट्रेलियाको मेल्बर्नमा बसिरहेका कँडेल पेशाले नर्श हुन् भने समाजसेवा उनको रुचिको विषय हो । सात समुन्द्र पारी रहेर पनि नेपाली समाजको सेवा गरिरहन पाउँनु गौरभको कुरा रहेको बताउने कँडेल यसपटक नेपाल फेस्टिबलको तयारीमा व्यस्त देखिन्छन् । प्रस्तुत छ उनै सचिव गणेश कँडेलसंग संक्षिप्तमा गरेको कुराकानीः

एनआरएनए भिक्टोरीयासँग कहिलेबाट आबद्ध हुनु भयो र एनआरएनएबाट नेपाली समाजलाई सेवा गर्दा कस्तो अनुभव भइरहेको छ ?

एनआरएनए भिक्टोरियामा अस्ट्रेलिया आएदेखिनै कुनै न कुनै रुपमा संलग्न छु। २०१७–१९ को कार्यकाल देखी कार्यसमितिकै विभिन्न पदमा रहेर काम गर्दै आएको छु ।

जस्तै?

२०१७–१९ को कार्यकाल देखी कार्यसमितिमा यूथ मेम्बर, २०१९–२१ मा स्टेट मेम्बरको रुपमा काम गरे।

नेपाल फेस्टिबलमा सचिवको हिसावले एकदमै सक्रिय रुपमा काम गरिरहनुभएको छ कस्तो हुदैँछ नेपाल फेस्टिबलको तयारी ?

नेपाल फेस्टिवल मेल्बर्नको तयारी तदारुकताका साथ भई रहेको छ। बिभिन्न टास्कफोर्सले आ–आफ्नो समूहमा काम गरिरहेका छन् ।

कस्ताकस्ता टास्कफोर्सहरु छन ?

कल्चलर, स्पोन्र्सर, मिडिया,गेष्ट म्यानेजमेन्ट, भोलियन्टियर, डिजाइ एण्ड क्रियटिभ , प्रमोसन इत्यादि ।

नेपाल फेस्टिबल अरु बेलाको भन्दा यसपाली किन भिन्न र विशेष हुनेछ जस्तो लाग्छ ?

लामो लकडाउन र कोरोनाको महामारीले गर्दा समुदायमा त्यति वृहत कार्यक्रमहरु भइरहेको थिएन । मानिसहरु नेपाल फेस्टिबलको प्रतिक्षामा रहेको अनुभवहरु पनि मैले व्यक्तिगतरुपमा सुनेको छु । त्यही कारणले पनि यस पटकको नेपाल फेस्टिबल अलि विशेष त भइहाल्ने छ अनि त्यही माथि यसपाली नयाँ ब्याण्ड, नयाँ नृत्य, प्रस्तुतीहरु भएकोले मानिसहरुले अलि भिन्न महसुस गर्न सक्दछन् ।

फेस्टिवलमा को को अतिथिहरुलाई निमन्त्रणा दिइएको छ ?

धेरै वरिष्ठ अथितिहरूलाई निम्ता भै सक्यो तर केही प्रक्रियामा छ। हामी यो हप्ताभित्र सबैतिर निम्ता पठाई सक्ने तयरीमा छौं। नेपालका केही विशिष्ठ पाहुनाहरु ऋाउने हामीले अपेक्षा गरेका छौँ । त्यसैगरी भिक्टोरीयाको प्रिमियर, मंन्त्री, सासंद देखि मेयरहरु र अन्य श्रेत्रका उच्च तहमा रहेका व्यक्ति र संस्थाको प्रतिनिधिहरुलाई पनि बोलाएका छौ । नेपाली राजदूत देखि नेपाली महावाणिज्यदूत सबैलाई निमन्त्रणा दिइसकेका छौ । इन्टरस्टेटका एनआरएनए देखि अन्य विशेष व्यक्तिहरुलाई पनि निमन्त्रणा दिएका छौ ।

नेपाल फेस्टिबल प्रति समुदायको कस्तो धारणा रहेको पाउनुहुन्छ?

एकदमै सकारात्मक, सबैजना काम गर्न सक्रिय र इच्छुक देखिनुहुन्छ ।

फेस्टिबललाई गुणस्तरीय बनाउन फेस्टिबल कमिटिले केके कुरामा ध्यान दिनुपर्छ र तपाइँहरुले दिइरहनुभएको छ ?

नेपाल फेस्टिवल हामी सबै नेपालीको लागि एक विशेष दिन हो । सबैको साथले मात्र यो कार्यक्रम सम्पन्न गर्न सकिंछ । हामी सबैजना स्वयंमसेवक भएर नै दिनरात खटिरहेका छौ । हरेक टास्कफोर्समा काम गर्दा पनि हामीले डेडलाइन राखेर काम गरिरहेका छौ । टास्कफोर्समा सबैजना अनुभवी व्यक्तिहरु हुनुहन्छ । सबैजना एकजुट भएर काम गरिरहेको अनुभव मैले गरिरहेको छु त्यसैले पनि कार्यक्रम गुणस्तरीय हुन्छ । अनि यही एकतालाई नै कायम राख्दा राम्रो हुने मेरो बुझाई छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ?

तपाईहरु सबैलाई नेपाल फेस्टिवल मेल्बर्न २०२२ को चुले निम्तो दिन चाहन्छु । आज बाटै सेप्टेम्बर १० को लागी कामबाट समय मिलाउनुहोस्। फेडरेशन स्क्वायरमा विहानदेखि बेलुकीसम्म सबैलाई त्यही भेट्ने आशा गर्दछु । सबैमा नमस्कार ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP