मंगलबार , बैसाख २९, २०८३

सिड्नीको एक घरमा भीषण आगलागी भएको छ। आइतबार बिहान सिड्नीको दक्षिण-पश्चिमी क्षेत्रमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक १० वर्षीय बालक पनि रहेका छन्। त्यस्तै, २ जना अग्निनियन्त्रकसहित ५ जना अस्पताल भर्ना भएका छन्। लगभग ५ः ४० बजे १० वटा अग्नि नियन्त्रक ट्रकहरूले रोटनेस्ट एभिन्यू, हिन्चिनब्रुकमा रहेको टाउनहाउसमा आपतकालिन उद्दार तथा नियन्त्रण सुरू गरेका थिए।

औपचारिक रूपमा पहिचान हुन नसकेता पनस ४० र ६० वर्षका दुई महिलाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। १० वर्षीय बालकलाई गम्भीर अवस्थामा वेस्टमीडको बाल अस्पतालमा लगिएको थियो तर पछि उनको मृत्यु भयो।

फायर एण्ड रेस्क्यू एनएसडब्ल्यू सुपर इन्टेन्डेन्ट ल्यूक अनस्वर्थले घटनास्थलमा चालक दलका दुई सदस्य पनि घाइते भएको बताए। आगलागीको कारण भने खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिइएको छ।

@Mntv

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP