मंगलबार , अषोज २७, २०८३

चन्द्र प्रकाश गुरुङ / डार्विन 

Federation of Nepalese community associations of Australia र अष्ट्रेलिया स्थित बिभिन्न नेपाली संघसंस्थाहरु मिलेर में महिनाको २९ गते “ बिश्व सगरमाथा दिवस “( International Everest Day) मनाउने क्रममा डार्विनमा पनि दुई संस्थाहरु नेप्लिज एसोसिएशन अफ नर्दन टेरोटरी र ग़ैर आवासीय नेपाली संघ नर्दन टेरोटरीको संयुक्त आयोजनामा बिश्व सगरमाथा दिवस बिशेष किसिमले मनायियो।

सॉझ करीब ५:३० बजे स्थानीय नाईटक्लिफ स्थित जेटीमा सहभागीहरु भेला भई र्याली निकालियेको थियो र उक्त र्याली त्यहॉबाट करीब ५०० मी पुर्वमा रहेको स्वीमिंग पुललाई परिक्रमा गरि पुन जेटी नजीक को सानो पार्कमा आई एक अनौपचारिक सभामा परिणत भएको थियो। सहभागी मध्ये अधिकांशले FeNCAA को लोगो सहित International Everest Day 29 May लेखिएको टिसर्ट लगाएका थिए जसले गर्दा कार्यक्रम निकै आकर्षक देखिएको थियो।

र्याली पछिको सभालाई नान्टका नि बर्तमान अध्यक्ष युवाराज पन्तले सन्चालन गरेका थिए। उक्त कार्यक्रमा नवनिर्वाचित नान्ट अध्यक्ष आशिस कट्टेलले सगरमाथा र ग्लोबलवार्मिंग संम्बन्धी राम्रो कविता वाचन गरेका थिय भने NRNA NT संयोजक बिष्णु चापागाईले प्रथम सगरमाथा आरोहि द्वय तेन्जींग नोर्गे सेर्पा र एडमण्ड हिलारी संग सम्बन्धित मीठो जोक्स सुनाई सहभागीहरुलाई मनोरंजन दिलाएका थिए। कार्यक्रममा सहभागी हरुले सगरमाथा संग सम्बन्धित आआफ्नो अनुभव र बिचारहरु राखेका थिए, सोही क्रममा बोल्दै नवीन बाग्ले, भवानी पौडेल, गुन्जन उपाध्याय र अन्य केहीले सगरमाथा आरोहण गर्न नसकेपनि बेसक्याम्प सम्म नीकट भबिष्यमा जाने योजना रहेको बताए।

सहभागी सबैले यसरी सगरमाथा दिवस मनाउनु अत्यन्तै राम्रो भएको र यस्तो गतिबिधिले नेपालको अन्तराष्ट्रीय पर्यटन क्षेत्रमा उल्लेखनीय आकर्षण समेत बढाउने बिचार प्रकट गरे। केहीलाई यसबारे कहिल्यै जानकारी नभएको र यसपटक सहभागी हुनपॉउदा सगरमाथा सम्बन्धी धेरै जानकारी पाएको र गौरव महशुस भएको जानकारी दिए। कार्यक्रममा गैर नेपालीहरुको पनि उल्लेखनीय सहभागीता थियो। कार्यक्रमको एक मुख्य ऊद्धेश्य पनि नेपाल र सगरमाथा सम्बन्धी तथ्य जानकारी बिदेशी सामु पुराउनु थियो जसबाट आयोजकहरुले कार्यक्रम सफल भएको जानकारी दियका थिए ।
सहभागीहरु सबैलाई नेपाली परिकार सेलरोटि, पकौडा र अष्ट्रेलियाली खाना हटडग र ससेज समेत ब्यवस्था गरिएको थियो।

कार्यक्रमको अन्तमा यही जुन ४ तारिखमा हुन गईरहेको नेपाल फेष्टिभल मा सहभागी हुन सबैलाई आमंत्रण गरियो। NRNA NT मुल आयोजक रहेको नेपाल फेष्टिभल डार्विनबासीहरुको लागि एक महत्वपूर्ण पर्वनै बनीसकेको छ। यहॉ स्थित नेपाली समुदायको गतिबिधि हरु सामाजिक क्षेत्रमा अग्रपंक्तीमा पुगीसकेको छ। राज्य सरकार र बिभिन्न ब्यवशायीहरुले नेपाल फेष्टिभलको लागि प्रसस्त मात्रमा आर्थिक सहयोग गरेको र सेही अनुरुप आयोजक हरुको तयारी पनि बिशेष रहेकोले नेपाल फेष्टिभल २०२२ भब्य हुने अनुमान गरिन्छ ।

नेपाल फेष्टिभल भब्यताका साथ सम्पन्न होस भन्दै पुराखबर परिवार बाट शुभकामना ।

तस्विर सौजन्य : सुयना श्रेष्ठ 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP