मंगलबार , भाद्र १६, २०८३

धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङ पदभार ग्रहण गरेको भोलिपल्टै खानेपानीको मुहान अवलोकनका लागि पुगेका छन्।

उनी बुधबार धरानको सर्दु खोला अवलोकनका लागि पुगेका हुन्। धरानका स्थानीयले भोगिरहेको खानेपानीको समस्यालाई आफ्नो मुख्य एजेन्डा बनाएर उनी चुनावमा होमिएका थिए।

धरानका जनताले आफूलाई विश्वास गरी विजयी बनाएपछि उनले अब आफू ढिलो नगरी काममा खटिने बताएका छन्।

खानेपानीको मुहान अवलोकनपछि साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्,’खानेपानीको मुहान अवलोकन गरी कमजोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन दिइयो ! जय धरान!’

जितपछि आफ्ना समर्थक तथा शुभेच्छुकहरुले लगाइदिएको अबिर पनि नपखाली काम सुरु गरेको भन्दै उनको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP