शनिबार , जेठ २५, २०८२

धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङ पदभार ग्रहण गरेको भोलिपल्टै खानेपानीको मुहान अवलोकनका लागि पुगेका छन्।

उनी बुधबार धरानको सर्दु खोला अवलोकनका लागि पुगेका हुन्। धरानका स्थानीयले भोगिरहेको खानेपानीको समस्यालाई आफ्नो मुख्य एजेन्डा बनाएर उनी चुनावमा होमिएका थिए।

धरानका जनताले आफूलाई विश्वास गरी विजयी बनाएपछि उनले अब आफू ढिलो नगरी काममा खटिने बताएका छन्।

खानेपानीको मुहान अवलोकनपछि साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्,’खानेपानीको मुहान अवलोकन गरी कमजोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन दिइयो ! जय धरान!’

जितपछि आफ्ना समर्थक तथा शुभेच्छुकहरुले लगाइदिएको अबिर पनि नपखाली काम सुरु गरेको भन्दै उनको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP